लेखनाथ पाण्डे, काठमाडौं, जेठ २७- प्रमुख दलका नेताहरू नयाँ प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका बेला सत्ता गठबन्धनका केही वरिष्ठ मन्त्री 'उपचार' र 'योगा' गर्न 'दिल्ली दौडाहा'मा हानिएका छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार बुधबार बिहान 'अकस्मात आँखामा समस्या' भएको बताउँदै दिल्ली उत्रिएका छन्।
उनीलगत्तै एमाले उपाध्यक्ष तथा रक्षामन्त्री विद्या भण्डारी पनि 'उपचार गर्न' गएकी छन्।
अर्की उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला पनि आउँदो साता दिल्ली जाँदैछिन्। अरू मन्त्रीहरूले भन्दा फरक उनले 'उपचार, योगा र तीर्थ भर्न' दिल्ली र हरिद्धार जाने बहाना बनाएकी छन्।
सुजाताले यहाँ राजनीतिक तनावका कारण हरिद्वारस्थित योगगुरु रामदेवको पलाञ्जली सिविरमा 'योगा' र तीर्थ गर्ने बताउने गरेकी छन्। उनले करिब एक साता भारतमा विताउने कार्यक्रम छ।
फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले पार्टी अध्यक्ष गच्छदार दाहिने आँखामा एक्कासी समस्या उत्पन्न भएपछि उपचारका लागि बुधबार बिहान १० बजे इन्डियन एयरको उडानबाट दिल्ली गएको बताए। उनले गच्छदारको बिहीबार 'एम्स' अस्पतालमा आँखाको शल्यक्रिया हुने बताए।
'आँखामा एक्कासी समस्या भएपछि उहाँ उपचारका लागि जानुभएको हो' देवले नागरिकसँग भने।
पार्टी निकट स्रोतका अनुसार गच्छदारले मंगलबार बिहान परराष्ट्र सचिव मदन भट्टराईलाई फोन गरी एक दिन अघि आँखामा समस्या भएको र 'चक्कर लागेर ढलुँलाजस्तो' भएकाले उपचार गर्न दिल्ली जाने व्यवस्था मिलाउन भनेका थिए। भट्टराईले एम्सस्थित राजेन्द्र आँखा केन्द्रमा उपचारका लागि समय मिलाएका थिए।
सचिव भट्टराईले दिल्लीमा राजनीतिक भेटघाट कार्यक्रम छ कि भनी जिज्ञाशा राख्दा गच्छदारले 'त्यसमा चिन्ता गर्न पर्दैन, म आफैं मिलाउँछु' भनेर जवाफ दिएको उक्त स्रोतले बतायो।
सुजाताका सहयोगी लक्ष्मण थपलियाले उनी आउँदो आइतबार या मंगलबार भारत जाने तयारी भइरहेको बताए। 'उहाँको भ्रमण राजनीतिक होइन, विशुद्ध धार्मिक र योगा गर्न हो' थपलियाले भने, 'यहाँ तनावले गर्दा हरिद्धारमा आराम गर्न जान खोज्नु भएको हो।' बाबा रामदेवको नेपाल संयोजक सालिकराम सिंहसँग मन्त्री जान लागेको उनले दाबी गरे।
सुजाताले दिल्लीमा सत्तासीन गठबन्धनकी नेतृ तथा कंग्रेस अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री एसएम कृष्णालगायतसँग भेटको चाँजो मिलाउन परराष्ट्र सचिव भट्टराईलाई निर्देशन दिएकी छन्। भट्टराईले भारतीय राजदूत राकेश सूदमार्फत् भेटघाटको पहल गरिरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार सुजाताले शनिबार बिहान राजदूत सूदलाई मण्डिखटार निवास बोलाएकी थिइन्।
परराष्ट्र सचिव भट्टराईले भने मन्त्री कोइराला अर्को साता 'उपचार गर्न' दिल्ली जाने सम्बन्धमा सामान्य छलफल भए पनि एकिन नभएको प्रतिक्रिया दिए।
रक्षा मन्त्री भण्डारीका प्रेस सल्लाहकार सुवास देवकोटाले भने मन्त्रीको पिठ्युँको जोर्नीमा समस्या भएकोले उपचारका लागि बुधबार अपरान्ह एअर इन्डियाको उडानबाट दिल्ली गएको बताए। उनले बिहीबार एपोलो अस्पत्तालमा स्वास्थ्य परीक्षण हुने बताए।
संविधानसभा म्याद थपिएलगत्तै गत साता एमालेका प्रभावशाली नेता केपी ओली 'नियमित स्वास्थ्य परीक्षण'का लागि दिल्ली गएका थिए।