प्रधानमन्त्री कार्यालयमा अब मात्र २२७ कर्मचारी
१२ पौष २०८०
•
३ मिनेट पाठ

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएनएम (संगठन तथा व्यवस्थापन) परिमार्जन गरी ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

हाल प्रधानमन्त्रीको कार्यालयमा कर्मचारीको दरबन्दी २ सय ९५ छ । यसमा ६८ दरबन्दी घटाउँदा प्रधानमन्त्री कार्यालयमा अब कर्मचारीको दरबन्दी २ सय २७ मात्र हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी गराइन। एक वर्ष कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाटै सुरु गर्ने भने अनुसार दरबन्दी कटौती गरिएको शर्माको भनाइ छ।

सरकारको एक वर्षको कार्यकाल पूरा भए पछि बिहीबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा दरबन्दी घटाउने निर्णय गरेको हो। सामान्यले लगेको प्रस्तावमा ७५ दरबन्दी घटाउन सिफारिस गरिएको थियो।

यसअघि प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्न बनेका विभिन्न समितिहरूले प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूको दरबन्दी आवश्यक भन्दा बढी भएको भन्दै प्रधानमन्त्री कार्यालयमै दरबन्दी घटाउन सरकारलाई सिफारिस गर्दै आएका थिए।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित प्रधानमन्त्री कार्यालय पुनर्संरचना गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र मितव्ययी बनाउन प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी २२३ भन्दा बढी नराख्न प्रस्ताव गरिएको थियो। उक्त समितिले प्रधानमन्त्री कार्यालयमा ७२ दरबन्दी घटाउन प्रस्ताव गरेको थियो। सो समितिले सचिव देखि उपसचिव र शाखा अधिकृतसम्मको दरबन्दी कटौती गर्न प्रस्ताव गरेको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संशोधन गरिएको ओएनएममा प्रधानमन्त्री कार्यालयमा अब सचिवको दरबन्दी ३ घटाउने निर्णय गरिएको छ। हाल प्रधानमन्त्रीको कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लीलादेवी गडतौला , मणिराम गेलाल, गणेश पाण्डे र खगेन्द्र नेपाल गरी ६ जना सचिव छन्।

प्रम कार्यालयमा हाल एक इन्जिनियर (प्राविधिक) को पनि दरबन्दी छ। अब इन्जिनियरको दरबन्दी हट्ने भएको छ। अर्यालको नेतृत्वमा बनेको समितिले इन्जिनियरको दरबन्दी हटाउन प्रस्ताव गरेको थियो।

तत्कालीन सचिव रमेश सिंह प्रधानमन्त्री कार्यालयमा तानिएका बेला उनका लागि इन्जिनियर समूहको दरबन्दी सिर्जना गरिएको थियो। हाल उक्त दरबन्दीमा मणिराम गेलाल कार्यरत छन्। अर्यालको नेतृत्वमा बनेको समितिले कानुन र आर्थिक पूर्वाधार हेर्ने गरी एक/एक सचिव तथा प्रशासन र प्रदेश समन्वयमध्येबाट एक जना गरी प्रधानमन्त्री कार्यालयमा बढीमा तीन सचिव भए पर्याप्त हुने सुझाव दिएको थियो।

पछिल्लो समयमा कुनै सचिवलाई थन्क्याउनुपर्‍यो भने प्रधानमन्त्री कार्यालयमा पठाउने गरिएको छ। कुनै बेला नौ जनासम्म सचिव प्रधानमन्त्री कार्यालयमा थिए। दरबन्दीभन्दा बाहिरका सचिवलाई अतिरिक्त समूहमा थन्क्याउने गरिएको छ। अर्याल नेतृत्वको समितिले दुई महिनाअघि नै मुख्य सचिव वैकुण्ठ अर्याललाई प्रतिवेदन बुझाएका थियो। यसअघि गठन भएका आयोग, समिति र कार्यदलले पनि प्रम कार्यालय लगायत सबै तीर कर्मचारी दरबन्दी घटाउन सिफारिस गरेका थिए। तर ती प्रतिवेदन कार्यान्वयनमा आएनन्।

यसै गरी प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा सचिव तथा माथिल्लो तहका कर्मचारीको दरबन्दी पुनरावलोकन कार्यदल बनाइएको थियो। कार्यदलले संघमा सचिवको संख्या ७३ बाट ४५ मा झार्न सुझाव दिएको थियो। तर त्यो प्रतिवेदन कार्यान्वयन भएन। 

२०७४ सालको चुनावपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा डिल्लीराज खनालको संयोजकत्वमा गठन गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई मन्त्रालयमा एक हजार एक सय ८७ र विभागमा १ हजार ४ सय ४० जनासम्म कर्मचारीको दरबन्दी राख्न सिफारिस गरेको थियो।
अर्को समाचार
प्रधानमन्त्री कार्यालयमा अब मात्र २२७ कर्मचारी
१२ पौष २०८०
•
३ मिनेट पाठ
प्रधानमन्त्री कार्यालयमा अब मात्र २२७ कर्मचारी
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएनएम (संगठन तथा व्यवस्थापन) परिमार्जन गरी ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

हाल प्रधानमन्त्रीको कार्यालयमा कर्मचारीको दरबन्दी २ सय ९५ छ । यसमा ६८ दरबन्दी घटाउँदा प्रधानमन्त्री कार्यालयमा अब कर्मचारीको दरबन्दी २ सय २७ मात्र हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी गराइन। एक वर्ष कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाटै सुरु गर्ने भने अनुसार दरबन्दी कटौती गरिएको शर्माको भनाइ छ।

सरकारको एक वर्षको कार्यकाल पूरा भए पछि बिहीबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा दरबन्दी घटाउने निर्णय गरेको हो। सामान्यले लगेको प्रस्तावमा ७५ दरबन्दी घटाउन सिफारिस गरिएको थियो।

यसअघि प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्न बनेका विभिन्न समितिहरूले प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूको दरबन्दी आवश्यक भन्दा बढी भएको भन्दै प्रधानमन्त्री कार्यालयमै दरबन्दी घटाउन सरकारलाई सिफारिस गर्दै आएका थिए।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित प्रधानमन्त्री कार्यालय पुनर्संरचना गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र मितव्ययी बनाउन प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी २२३ भन्दा बढी नराख्न प्रस्ताव गरिएको थियो। उक्त समितिले प्रधानमन्त्री कार्यालयमा ७२ दरबन्दी घटाउन प्रस्ताव गरेको थियो। सो समितिले सचिव देखि उपसचिव र शाखा अधिकृतसम्मको दरबन्दी कटौती गर्न प्रस्ताव गरेको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संशोधन गरिएको ओएनएममा प्रधानमन्त्री कार्यालयमा अब सचिवको दरबन्दी ३ घटाउने निर्णय गरिएको छ। हाल प्रधानमन्त्रीको कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लीलादेवी गडतौला , मणिराम गेलाल, गणेश पाण्डे र खगेन्द्र नेपाल गरी ६ जना सचिव छन्।

प्रम कार्यालयमा हाल एक इन्जिनियर ९प्राविधिक० को पनि दरबन्दी छ। अब इन्जिनियरको दरबन्दी हट्ने भएको छ। अर्यालको नेतृत्वमा बनेको समितिले इन्जिनियरको दरबन्दी हटाउन प्रस्ताव गरेको थियो।

तत्कालीन सचिव रमेश सिंह प्रधानमन्त्री कार्यालयमा तानिएका बेला उनका लागि इन्जिनियर समूहको दरबन्दी सिर्जना गरिएको थियो। हाल उक्त दरबन्दीमा मणिराम गेलाल कार्यरत छन्। अर्यालको नेतृत्वमा बनेको समितिले कानुन र आर्थिक पूर्वाधार हेर्ने गरी एकरएक सचिव तथा प्रशासन र प्रदेश समन्वयमध्येबाट एक जना गरी प्रधानमन्त्री कार्यालयमा बढीमा तीन सचिव भए पर्याप्त हुने सुझाव दिएको थियो।

पछिल्लो समयमा कुनै सचिवलाई थन्क्याउनुपर्‍यो भने प्रधानमन्त्री कार्यालयमा पठाउने गरिएको छ। कुनै बेला नौ जनासम्म सचिव प्रधानमन्त्री कार्यालयमा थिए। दरबन्दीभन्दा बाहिरका सचिवलाई अतिरिक्त समूहमा थन्क्याउने गरिएको छ। अर्याल नेतृत्वको समितिले दुई महिनाअघि नै मुख्य सचिव वैकुण्ठ अर्याललाई प्रतिवेदन बुझाएका थियो। यसअघि गठन भएका आयोग, समिति र कार्यदलले पनि प्रम कार्यालय लगायत सबै तीर कर्मचारी दरबन्दी घटाउन सिफारिस गरेका थिए। तर ती प्रतिवेदन कार्यान्वयनमा आएनन्।

यसै गरी प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा सचिव तथा माथिल्लो तहका कर्मचारीको दरबन्दी पुनरावलोकन कार्यदल बनाइएको थियो। कार्यदलले संघमा सचिवको संख्या ७३ बाट ४५ मा झार्न सुझाव दिएको थियो। तर त्यो प्रतिवेदन कार्यान्वयन भएन।

२०७४ सालको चुनावपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा डिल्लीराज खनालको संयोजकत्वमा गठन गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई मन्त्रालयमा एक हजार एक सय ८७ र विभागमा १ हजार ४ सय ४० जनासम्म कर्मचारीको दरबन्दी राख्न सिफारिस गरेको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस