हेटौंडामा मुख्यमन्त्रीहरुको भेला, नौ बुँदे साझा पत्र सार्वजनिक
१३ पौष २०८०
•
५ मिनेट पाठ
हेटौंडामा मुख्यमन्त्रीहरुको भेला, नौ बुँदे साझा पत्र सार्वजनिक
हेटौंडामा भएको बैठकमा सहभागी मुख्यमन्त्रीहरु।
संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्राप्त नभएको आवाज उठाउँदै आएका नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हेटौंडामा भएको छ।




बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आतिथ्यतामा भएको भेलाले नौ बुँदे साझा पत्र सार्वजनिक गरेको छ। संघीयता कार्यान्वयनका लागि साझा धारणा बनाउन पहल गर्ने सहमति गर्दै नौ बुँदे साझा पत्र सार्वजनिक गरेको हो।

भेलाले संघीयताको विषयमा संविधान निर्माणमा संलग्न प्रमुख दलहरुले स्पष्ट र साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ। हेटौंडामा भएको भेलाबाट तयार पारिएको साझा पत्र शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने कार्यतालिका रहेको छ।

भेलाले प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते गण्डकी प्रदेशको पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउन महत्त्वपूर्ण निर्णयहरू भएको स्मरण गराउँदै तहगत अधिकारको कार्य विस्तृतीकरण परिमार्जन गर्ने, तीनै तहबाट प्रदान गरिने अनुदानको दोहोरोपना हटाउने, एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग अलग संरचना हटाउने, तीन तहका सरकारबीच विकास आयोजनामा दोहोरोपना हटाउने एवं तादाम्यता कायम गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्ने, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह, राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने एवम् जग्गा प्राप्तिमा सहजता कायम गर्ने लगायतका विषयमा भएका निर्णयहरूको कार्यान्वयन छ महिनासम्म पनि उत्साहजनक नदेखिएको हाम्रो अनुभूति रहेकोले उक्त बैठकका निर्णयहरू शीघ्र कार्यान्वयन गर्न जोडदार अनुरोध गर्ने निर्णय गरेको छ।

पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्री समक्ष पेश गरिएको १७ बुँदे साझा पत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति भएको निष्कर्ष निकालेको छ। मुख्यतः प्रहरी समायोजन गर्ने, संघीय निजामती सेवा ऐन जारी गर्ने, प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्ने, साझा अधिकारका विषयका कानून निर्माणमा सहकार्य गर्ने, राष्ट्रिय वन लगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण, सवारी चालक अनुमति पत्र र सवारी साधन कर शुल्क सम्बन्धी सफ्टवेयर प्रणाली प्रदेशबाट नै सञ्चालन गर्ने, ट्राफिक नियम उल्लघंन जरिवाना बापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था गर्ने, आयोजना वर्गीकरण र व्यवस्थापनलगायतका विषयहरूको शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने निर्णय गरेको छ।

यस्तै मधेश प्रदेश सरकारले प्रधानमन्त्री समक्ष २०८० कार्तिक २३ गते ध्यानाकर्षण पत्र र मधेश प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव बमोजिमका माग पूरा गर्न ऐक्यबद्धतासहित अनुरोध गर्ने, नेपालको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्दै तीन तहको शासकीय व्यवस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख राजनीतिक दलहरू बीच नियमित छलफल गर्ने संयन्त्रको विकास गरी राष्ट्रिय सहमतिसहितको साझा धारणा निर्माणमा प्रधानमन्त्रीबाट विशेष पहल हुन अनुरोध गर्ने, तीनै तहका सरकारको कार्यजिम्मेवारी र अधिकार क्षेत्रमा स्पष्टता ल्याउन कार्य विस्तृतीकरणमा गर्नुपर्ने परिमार्जनका लागि सबै प्रदेशका मुख्य न्यायाधिवक्ता रहेको कार्यदल गठन गर्ने, प्रदेशहरूको बीचमा बनेका कानून र अब बन्ने कानून तथा संघ, प्रदेश र स्थानीय कानुनबिचमा तादाम्यता कायम गर्न गर्नुपर्ने कार्यहरू पहिचान गरी नियमित रूपमा मुख्यमन्त्रीहरूको संयन्त्रमा पेश गर्ने उल्लेख छ।

संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक संयन्त्रका बीचमा समन्वय कायम गर्न प्रदेशले आफ्नै कर्मचारी व्यवस्थापन नगरून्जेलसम्म प्रदेश सचिव, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत लगायत रिक्त पदमा नेपाल सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एकमुष्ट खटाउने र सम्बन्धित प्रदेश नेपाल सरकारबाट एवम् स्थानीय तहमा पदस्थापना र सरुवा नियमानुसार प्रदेशबाट गर्ने व्यवस्था हुन शीघ्र निर्णय गर्न अनुरोध गर्ने, साबिकमा जिल्ला वन अधिकृतबाट कारबाही किनारा हुने वन सम्बन्धी मुद्दाको निरूपण प्रदेशको डिभिजन वन अधिकृतले गर्न सक्ने गरी शीघ्र कानुनी व्यवस्था हुन अनुरोध गर्ने, प्रदेशका साझा सवालमा एकरूपता कायम गरी समन्वय, सहजीकरण र सहकार्यका लागि अन्तर प्रदेश मुख्यमन्त्री संयन्त्र निर्माण गर्ने र उक्त संयन्त्रको बैठक सामान्यतया प्रत्येक तीन महिनामा एक पटक बस्ने तथा हेटौंडामा भएको बैठकबाट प्रधानमन्त्री समक्ष अनुरोध गरिएका निर्णयहरू शीघ्र कार्यान्वयन गराउन अनुरोध गर्ने साझा पत्रमा उल्लेख छ।

मुख्यमन्त्रीहरुको भेला अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र नेपाल नगरपालिका संघको आयोजनामा तहगत सरकारका एकल र साझा अधिकार विषयका कार्यक्रम समेत भएको थियो।

‘संघीयता कार्यान्वयन भए केन्द्रको कमाउने भाँडै बन्द हुन्छ’

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता पूर्ण रुपमा कार्यान्वयन भए केन्द्र सरकारको कमाउने भाँडै बन्द हुने प्रतिक्रिया दिएका छन्।

बागमती प्रदेशको राजधानी हेटौंडामा भएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकमा सहभागी भएका उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन्।

संविधान बनेको करिब ८ वर्ष भइसक्दा पनि प्रदेश र स्थानीय तहले अधिकार प्राप्त गर्न नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सङ्घीयताप्रति केन्द्र सकारको नियत ठिक नभएका आरोप लगाएका हुन्।

संविधानले दिएको अधिकार कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले मुख्यमन्त्रीहरुको बैठक बसेको यादवले जानकारी दिए। ‘केन्द्र सरकारको नियत राम्रो छैन। नियत नै नराम्रो भएकोले कुनै पनि कानून बनाइरहेको छैन’, उनले भने, ‘प्रहरी ऐन पास भएर प्रमाणित पनि भइसकेको छ, तर कहाँ के भइरहेको छ ?’ सङ्घीयताप्रति केन्द्रीय सरकारको नियत ठिक नभएको उनले दोहो¥याए।

‘संघीयताको मर्म अनुसारै भेला’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतको मर्म अनुरूप नै मुख्यमन्त्रीहरुको भेला हेटौंडामा आयोजना गरिएको बताए।

शुक्रबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश र स्थानीय तह मिलेर जनतालाई सेवा दिने विषयमा लागिपरेको उनको भनाई थियो। अब पनि प्रदेश खारेज गर्नुपर्छ भन्ने गैर जिम्मेवार अभिव्यक्ति बन्द गर्नुपर्ने कार्कीले धारणा राखे।

संघीय सरकारले प्रदेश र स्थानीय तहमलाई अधिकार नदिने हो भने काम गर्न समस्या पर्ने मुख्यमन्त्री कार्कीले बताए। ‘संविधानको मर्म अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार नदिएकाले निरन्तर छलफल चलिरहेको छ’, उनले भने, ‘कहाँ नेर समस्या छ ? र कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले हेटौंडामा छलफल बैठक गरेका हौं।’

प्रदेशका एकल अधिकार र साझा अधिकारका बारेमा छलफल भएको उनले बताए।
अर्को समाचार
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
४ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।




काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्। 

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।

संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।

पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्। 

त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।

महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। 

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस