यी हुन् तीन राजनीतिक खम्बा
२८ माघ २०७४
•
५ मिनेट पाठ
यी हुन् तीन राजनीतिक खम्बा
सुर्खेत – आइतबारको पहिलो प्रदेशसभा बैठकमा एमाले, माओवादी केन्द्र र कांग्रेसको साझा प्रतिबद्धता थियो– ६ नम्बर प्रदेशको समृद्धिका लागि हामी सँगसँगै हिँड्नेछौं । पार्टीका तर्पmबाट यस्तो प्रतिबद्धता व्यक्त गर्ने तीन नेता थिए, क्रमशः यामलाल कँडेल, महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही । ती तीनैजना अहिले संसदभित्र आ–आफ्नो पार्टीका संसदीय दलका नेता बनेका छन्।

विकासका दृष्टिले सबैभन्दा कमजोर भन्ने गरिएको यो प्रदेशमा अबको समृद्धिको रथ मुख्यतयाः यिनै नेताले तान्नुपर्नेछ । आकारमा सानो–ठूलो भए पनि साझा संकल्प र सहकार्यबिना प्रदेशको समुचित विकास असम्भव हुने स्पष्ट छ । ‘विकासका सवालमा केन्द्र सरकारका लागि यो प्रदेशसभा सधैं स्थायी प्रतिपक्षीका रूपमा रहनेछ,’ एमाले संसदीय दलका नेता कँडेलले पार्टीको तर्पmबाट बोल्दै गर्दा भनेको यो वाक्यांश निकै सोचनीय छ । उनको यो भनाइले संकेत गर्छ– भोलि प्रदेश र केन्द्रमा जसको नेतृत्वमा सरकार रहे पनि विकासका सवालमा सिंगो प्रदेशसभा एक ठाउँमा हुनेछ । अर्थात् संसदको निर्देशनमा प्रदेश सरकार पनि केन्द्र सरकारसँग पौठेजोरी खेल्नेछ।

माओवादी केन्द्रका नेता शाहीले त ‘प्रदेशको समग्र विकासको लागि संसदभित्र चारै दल ‘एक–दल’ हुने,’ प्रतिवद्धता व्यक्त गरेका छन् । संसदलाई साक्षी राखेर उनले भनेका छन्, ‘राजनीतिक रूपमा विभाजित मानसिकता छोडेर काम गर्नेछौं।’

सम्भवतः अहिलेको वाम गठबन्धन ‘स्पिरिट’लाई हेर्ने हो भने यी दुवै नेता सत्तापक्षका रूपमा रहनेछन् । शाहीले भन्ने गरेको ‘विकासरूपी डोजर’को स्टेरिङ यी दुईको हातमा हुनेछ।

२०५० को दसकमै हुम्लाको जिविस सभापति हुँदा नमूना विकासको गोरेटो कोरेर चर्चामा आएका कांग्रेस संसदीय दलका नेता शाहीको भूमिका पनि स्टेरिङ समात्नेभन्दा कम कदापि हुने छैन । ६ नम्बर प्रदेशको समृद्धिको लागि ‘६ ब’ (बाटो, बिजुली, विचार, वन, व्यवस्थापन र बजार)को सूत्र अघि सारेका उनी विकासरूपी डोजरलाई यही मार्गमा अघि बढाउन सहयात्री बन्नेछन् । ‘विकासको सवालमा यहाँ कोही पनि सत्तापक्ष र प्रतिपक्ष हुनेछैनौं,’ उनको यो भनाइले समृद्धियात्रालाई सहज बनाउन भूमिका खेल्नेछ।

भूगोलमा सबैभन्दा ठूलो र जनसंख्यामा सबैभन्दा सानो प्रदेश हो यो । बिराट भूगोलभित्र सम्भावनाको प्रचूर खानी छ । तर, अहिलेको अवस्था हेर्ने हो भने जनसंख्याको आभाभन्दा ठूलो हिस्सा गरिबीको मारमा छ। राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांकअनुसार यहाँका ५१ दशमलव २२ प्रतिशत जनता गरिब छन् । समृद्धिको सबैभन्दा ठूलो मापक मानिने गरिबीसँग लड्ने लडाइँको नेतृत्व आ–आफ्नो दलको तर्पmतबाट यिनै तीन नेताले गर्नुपर्नेछ। ४० सदस्यीय ६ नम्बर प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा प्रदेशको समृद्धिको लागि सबैको भूमिका अपरिहार्य हुने भए पनि प्रदेशको सर्वोच्च जनप्रतिनिधिमूलक निकाय (संसद)मा दलको नेतृत्वमा रहनुले तीन नेता बढी जिम्मेवार हुने बताउँछन् । ‘प्रदेश ६ लाई सबल र समृद्ध बनाउनको लागि यी तीन प्रमुख ‘खम्बा’ हुन्,’ उनी भन्छन्, ‘यिनीहरूको सम्बन्ध र सहकार्यमा धेरै हदसम्म प्रदेशको भविष्य निर्भर छ ।’
अर्को समाचार
राजनीतिक चालमाथ
२२ वैशाख २०६७
•
१२ मिनेट पाठ
राजनीतिक चालमाथ
राजनीति नसचीकन कुनै पनि कुरा सचिँदैन भनेको ठीक रहेछ। म एउटा होटल व्यवसायी। होटल राम्रै चलिरहोको थियो। तर अहिले आन्दोलनले होटलमा ठूलो असर परेको छ। 'राजनीति कहिले सचिने?' यो अहम् प्रश्न हो।
पक्ष र विपक्षको खम्बा मजबुत भएपछि मात्रै प्रजातन्त्र स्थिर हुने हो। दुवै पक्षले आ-आफ्नो विवेक बिर्सिए भने राजनीति सचिने कहिले? राजनीति दर्शन र विचारका अन्तहीन प्रक्रिया हो। राजनीतिमा बिन्दू होइन समयसापेक्ष वैचारिक परिपक्वता खोज्नुपर्छ। 'हामी आएपछि मात्र सबै ठीक हुन्छ' भन्ने अवधारणाले संक्रमणकाललाई मात्र लम्ब्याउँछ।

नेपालमा अहिले एउटा 'पोलिटिकल स्टेलमेट' याने राजनीतिक किंकर्तव्यविमुढताको स्थिति सिर्जना भएको छ। कोही पनि अगाडि, पछाडि जानेवाला छैन र जान सक्ने स्थिति पनि छैन। राजनीतिक नेता र कार्यकर्ताहरु चोर, फटाहा, वेइमान, भ्रष्ट भन्न म चाहन्न, किनभने उनीहरु खेलाडी हुन्- राजनीतिक खेलाडी। पौडी खेल्न हामीलाई के चाहिन्छ? एउटा पोखरी र पोखरीमा पानी। राजनीति गर्ने नेतालाई के चाहिन्छ? गरिबीको पोखरीमा अन्योलग्रस्त वातावरण। त्यसैमा पौडी खेल्ने हो नेताहरुले। गरिबी र अन्योलपूर्ण वातावरण भएन भने उनीहरुले कहाँ र कसरी राजनीति गर्ने? कहाँ भाषण गर्ने? उनीहरुको भाषण कसले सुन्ने र उनीहरु जनताको नेता कसरी बन्ने? वास्तविकता यही हो।

 

प्रजातन्त्रको फल एक दिन अवश्य झर्ला र खाउँला भन्ने आशले हामीले थुप्रै राजनीतिक परिवर्तन ल्यायौँ। जित्नेले इतिहासको पाना सजिलै फेर्ने परिपाटीले गर्दा हामीले कुनै पनि राजनीतिक कालखण्डको विकासलाई सही मूल्यांकन गर्न सकेनौँ वा चाहेनौँ। राणा गयो, प्रजातन्त्र आयो, प्रजातन्त्रलाई पञ्चायतले विस्थापति गर्‍यो, बहुदलीय प्रजातन्त्र पुनःबहाली भयो, पछि गणतन्त्र आयो तर देश झ्नझन् दलदलमा फस्न पुग्यो। केही दिनअघि म बैङलोर पुगेको थिएँ।

 

१५ वर्षपहिलेसम्म बैङ्लोरको अवस्था काठमाडौँको भन्दा फरक थिएन। आज त्यो सहर कहाँ छ र हामीकहाँ! मान्छेको गुणस्तर जाँच्ने हो भने हामी उनीहरुभन्दा कम छैनौँ। दिमाग तीखो छ र कम्प्युटरमा पनि पछाडि छैनौँ। तर आज बैङ्लोरको सिल्कन भ्यालीले विकसित मुलुकको अधिकांश कर्पारेटहरुको लेखा परीक्षण गर्छ, जब कि हाम्रा पौरखी युवा विदेशमा कुली र भरिया भएर काम गरिरहेछन् र उनीहरुकै पसिनामा देश चलिरहेको छ। अथाह स्रोत, साधन र सम्भावना भए पनि हामी गरिब भएर बाँच्नु पर्‍यो। हामी गरिब होइन, मूर्ख हौँ, माल पाएर चाल नपाएका मूर्ख।

 

वर्षौं भयो सहमति र विमतिको कुरा गरिराखेको। दुईचार अहम् मुद्दाबाहेक संविधानका सबै तपसिलका खाकाहरु कोरिइसकेको छ रे। तर ती अहम् मुद्दाहरु हत्तपत्ती सुल्भि्कनेवाला छैनन्। त्यसैले संविधान पनि हत्तपत्ती बन्दैन। एक कदमअगाडि वा एक कदमपछाडि गएर पुग्ने यो मिलनविन्दू होइन। दुई भिन्दाभिन्दै सिद्धान्त र दर्शन बोकेको पाटीहरुको महासागरबीचको दूरी हो यो। सैद्धान्तिक ध्रुवीकरणले राजनीतिक समीकरण सजिलै ल्याउँदैन। दसौँ वर्षसम्म जंगलमा बसेर साम्यवाद र जनगणतन्त्रका लागि मरिमेट्ने राजनीतिक समूह एकै चोटि प्रजातन्त्रको खुला राजमार्गमा आउन सजिलो छैन। जसरी माओवादीलाई संसदीय व्यवस्थाको सम्झौतामा सहमति जनाउन गाह्रो हुन्छ, त्यसरी नै प्रजातन्त्रवादीले पनि माओवादीको नीति सहजै अपनाउन सक्दैन। सबै संस्थान र प्रतिष्ठानहरु राष्ट्रियकरण गर्नुपर्छ, शोषक, शासक, सामन्त र बुर्जुवाहरुलाई अन्त गरी वर्गहीन समाज बनाउनुपर्छ भन्नेहरुलाई कुन बुँदा र सम्झौताले बाँध्ने?

 

नेताहरुले सम्झौता गरिहाले पनि कार्यकर्ताहरुले सजिलै मान्लान् र? जसले जे जस्तो बोले पनि आखिर माओवादीको लक्ष्य जेठ १४ गतेभित्र राज्य सत्ता लिने अनि आफ्नै दर्शन अनुसार संविधान बनाउने हो र त्यसरी नै संसद्वादी दलहरुको लक्ष्य पनि माओवादीलाई एक्लाएर बहुदलीय लोकतान्त्रिक संविधान निर्माण गर्नु हो।

 

हुनत यो देशमा थुप्रै सकारात्मक राजनीतिक परिवर्तनहरु नभएको होइन। तसर्थ निराश नै भइहाल्नुपर्ने अवस्था पनि छैन। वास्तवमा भन्ने हो भने यो देशमा थुप्रै चमत्कारी परिवर्तनहरु भइसकेको छ। यसले राजनैतिक समिकरणका अछुन्न सकारात्मक परिदृश्यहरु देखाउछ। सभाकक्षमा छलफल गर्दा हाँसेर, गफ गरेर अनि सभाकक्षबाट बाहिर आउँदा हातमा हात हालेको र अँगालो मारेको दृश्यले केही जनतालाई पागल बनाइदिए पनि यसले केही हदसम्म नेपालको राजनैतिक भविष्यप्रति आशा जगाउँछ।

 

हुन त कुनै पनि राजनीतिक पार्टी वा 'वाद' आफैँमा खराब होइन। पुँजीवाद होस् वा साम्यवाद। गन्तव्य एउटै हो- समाजलाई सम्पन्न बनाउने। कम्युनिजमले 'सबैलाई सम्पन्न बनाउँछु' भन्छ भने क्यापिटालिजमले पनि 'कसैलाई विपन्न बनाउँछु' भन्दैन। देशलाई बचाउन सबैलाई मिल्ने एउटा बाटो त अपनाउनैपर्छ। नेपाली समाज अब उपत्यकामा सीमित छैन। धेरै साँघुरो भइसक्यो विश्व। हाम्रो देशको भू-राजनीति हरेक दृष्टिकोणले संवेदनशील र जटिल छ। एउटा टापु भएर अब अलग बस्न सकिँदैन। संसारका शक्तिशाली मित्र राष्ट्रहरुको बीचमा हाम्रो देश कलिलो तरुल रहेन। भू-राजनीतिको सत्यलाई अँगालेर समयसापेक्ष परिवर्तन गर्दै जानुपर्छ।

 

माओवादीले चुनाव जितेपछि प्रचण्ड र बाबुराम भट्टराईले 'पुँजीवादमा टेकेर हामी समाजवादमा जान्छौँ' भनेको सुन्दा मलाई धेरै खुसी लागेको थियो। २१औं शताब्दीको वास्तविक राजनीतिक स्वरुप पनि यही हो। पार्टीको आन्तरिक र वैचारिक अवस्था जस्तो भए पनि अन्ततः माओवादीले समकालीन राष्ट्रिय एवम् भूराजनीतिक परिवेशमा यही व्यावहारिक नीति अपनाउनैपर्छ। यसमा नेताहरुलाई कार्यकर्ताहरुले साथ दिन्छन् कि दिदैनन्? त्यतिमात्र होइन, कदाचित् माओवादीले बहुदलीय समाजवादलाई मानिहाले पनि तथाकथित ढोंगी बौद्धिकहरुले उनीहरुलाई जिस्काएर, होच्याएर वा उचालेर फेरि पुरानै बाटोमा घचेट्न बेर लगाउदैनन्।

 

नेपालको सबैभन्दा नराम्रो राजनीतिक पक्ष यही हो- खालि विरोध गर्ने। ज्ञानेन्द्र, गिरिजा, प्रचण्ड, माधव सब आए, गए, अब को आउने र को जाने? विपक्षमा हुँदा मनपरीतन्त्र अपनाउने, अनि आफू सरकारमा हुँदा प्रजातन्त्रको दुहाइ दिने? दसौँ वर्ष भयो हामी राजनीतिक दाउपेचमा अल्झिरहेको। अहिले देश अनिर्णयको बन्दी छ। यस्तो बेला एकले अर्कालाई झुक्याउन सकिँदैन। अल्पकालीन उपाय याने 'प्याच वर्क' ले काम गर्दैन। यसले त खालि संक्रमणकालीन माकुराको जालमा मात्र फसाउँछ। यो चक्रव्यूहबाट उम्कन निजी, पेसागत र दलगत स्वार्थबाट होइन, अब नेताहरुले मन र मष्तिष्कबाट राष्ट्रलाई माया गरी निकास निकाल्नुपर्छ।

 

लोकतन्त्रमा राज्य संवेदनशील हुनैपर्छ। जनाधिकारको मूल्य र मान्यतालाई राम्ररी सम्बोधन गर्न सक्यो भने ढुङ्गामुढाको राजनीतिलाई पनि छेक्न सकिन्छ। चाणक्यको नीतिले सँधै काम गर्दैन। लोकतन्त्रको न्यायाधीश जनता हो। झुठो र साँचो राम्ररी ठम्याउन सक्छन् उनीहरु। संवेदनशीलता नै दीर्घकालीन राजनीतिको मूल बाटो हो। दिमागको चतुर्‍याइँले मात्र राजनीतिको लडाइँ लड्न सकिँदैन। मनको आवाज सुनेर सही निर्णय गर्न सक्नेले नै लडाइँ जित्छ र ऊ नै देशको राजनेता बन्छ। सोनिया गान्धीले भारतमा चुनाव जितेपछि सबैले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनी प्रधानमन्त्री बनिनन्। हृदयको आवाज सुनेकै कारण भारतजस्तो धर्म र जातीय भेदभावले ग्रसित देशमा पनि एउटा विदेशी मूलकी एकल महिला सर्वमान्य राजनेता बन्न सफल भइन्।

 

कहिलेकाहीँ इतिहासका मर्महरुलाई केलाएर मनन गर्नुपर्दोरहेछ। इतिहासका पानाले कथा भित्रको अन्तरवस्तु पनि भनिरहेको हुन्छ। ९० वर्षपहिले महात्मा गान्धीले सावरमतिबाट डाँडी यात्रा सुरु गरे, उनीसित ८१ जना सत्याग्रही मात्र थिए। अहिंसाको त्यस अभियानले ब्रिटिस राजलाई घुडा टेकाइदियो। तर डाँडी पदयात्राले गान्धीको सफलतालाई मात्र होइन, बेलायती लोकतन्त्रको महिमा र संवेदनशीलतालाई पनि उजागर गर्छ। इतिहासका यस्ता अलिखित मर्महरुबाट पनि हाम्रा पक्ष र विपक्षमा बस्ने नेताहरुले वास्तविक लोकतन्त्रको मूल्य र मान्यतालाई मनन गर्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस