राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ
२० पौष २०८०
•
४ मिनेट पाठ
राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ
प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।




राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धन दलको बिहीबार बसेको बैठकमा दाहालले एमालेको महत्वाकांक्षा नबुझीकन ओलीसँग कुराकानी गरेको भन्दै विरोध भएको हो।

बैठकमा राष्ट्रियसभामा एक सिट पनि नजित्ने एमालेले राष्ट्रिय सहमतिका नाममा ६ सिट मागेको र उसले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पास गर्न सघाउने-नसघाउने कुनै टुंगो पनि नभएको गठबन्धन दलका नेताले बताएका थिए।

‘एमाले महत्वाकांक्षी छ, संसदीय समितिहरूमा पनि तीनवटाको सभापति लिएर पछि गठबन्धनलाई सहयोग गरेन, धोका दियो। राष्ट्रियसभामा पनि ६ सिट मागेर अल्मल्याउन खोजेको छ,’ गठबन्धन दलका एक नेताले भने।  

गठबन्धन दलको बैठकमा सिट बाँडफाँटका विषयमा छलफल भए पनि कुनै निर्णय भएन। प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीबीच बुधबार राति भएको कुराकानीको विषयमा पनि सत्ता गठबन्धन बैठकमा छलफल भयो।

एमाले भने गठबन्धन दलहरू एक ढिक्का भएर आए त्यसैअनुसार उम्मेदवार चयन गर्ने नत्र गठबन्धनभित्रै अर्को खेमा तयार गरेर राष्ट्रियसभामा छिर्ने दाउमा छ।  

‘गठबन्धन दल एक भएर आए वा एमालेलाई पनि समेट्नुपर्छ भन्ने हिसाबमा प्रस्तुत भए हाम्रो उम्मेदवारी चयन त्यही प्रकारको हुन्छ,  गठबन्धनमा आबद्ध दल एक ढिक्का भएनन् भने एमालेले आफ्नो रणनीति अघि बढाउँछ, आफ्नो मत पनि सुरक्षित राख्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने। उनका अनुसार शुक्रबार बस्ने सचिवालय बैठकमा यसबारे विस्तृत छलफल हुनेछ।  

सत्ता गठबन्धन दलको बिहीबारको बैठकमा एमालेले राष्ट्रियसभामा ६ सिट मागेको विषयमा कुराकानी भए पनि केही निर्णय भएन। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट सहयोग अपेक्षा गर्न नहुने, विगतमा पनि सहयोग गर्ने नाममा उसले तीनवटा संसदीय समितिको सभापति लगेको र अहिले पनि संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पास गर्न सघाउने नाममा उसले राष्ट्रियसभामा सिट बार्गेनिङ गरेको बताएका थिए।

एमालेले संक्रमणकालीन विधेयक पास गर्न सघाउने कुनै पनि आधार नदेखिएकाले उसलाई राष्ट्रियसभामा सिट दिन नहुने नेपालले बताएका थिए। नेपालको विरोधपछि राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीचको सहकार्य करिबकरिब नहुने बिन्दुतर्फ पुगेको गठबन्धन दलका ती नेताले बताए।

बैठकमा प्रधानमन्त्री दाहालले एमालेले सहकार्यका लागि राष्ट्रियसभामा ६ सिट मागेको विषय राखेका थिए। एमालेलाई तीन सिट दिनेगरी सहमति गर्ने विषयमा छलफल भए पनि अध्यक्ष नेपालले असहमति राखेको स्रोतको दाबी छ।

माओवादी केन्द्रका नेताहरूले एमालेबाट रिक्त हुने नौ सिट गठबन्धनले आपसमा बाँड्नुभन्दा उसलाई पनि केही सिट दिएर समेट्न दबाब दिएका थिए। तर गठबन्धनका अन्य दल यो प्रस्तावमा सहमत हुन सकेका छैनन्।

प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा एमालेको साथ लिन उसलाई राष्ट्रियसभामा सिट दिने चाहेका छन्। तर बैठकमा एमालेसँग सहकार्य गर्ने विषयमा प्रधामन्त्री एक्लै हतारिएको भन्दै आलोचना भएको छ।

प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिएपछि एमालेले गठबन्धन दलमध्ये जसले साथ दिन्छ उसैसँग सहकार्य गर्ने नीति लिएको छ। सत्ता गठबन्धन दलको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले एमालेसँग समसामयिक विषयमा छलफल भइरहेको बताए।

तर उनले कहिले, कसरी, कहाँ, के विषयमा छलफल भएको भन्ने खुलाएनन्। ‘एमालेसँग समसामयिक विषयमा संवाद जारी रहन्छ’, उनले भने। उनका अनुसार बैठक शुक्रबार बिहान पनि बस्नेछ।

एमालेले गठबन्धनभित्रका दलहरूसँग पनि छुट्टाछुट्टै सहकार्य गर्न सकिने नीति लिँदै सोहीअनुसार छलफल गरिरहेको छ। एमालेले यतिबेला माओवादी, जसपा, कांग्रेससँग अलगअलग छलफल थालेको छ।

एमाले प्रचार विभाग प्रमुख गौतमले पार्टी एक्लैले राष्ट्रियसभा सदस्य निर्वाचन नजित्ने भएकाले गठबन्धन र त्यसभित्रका दलहरूसँग अलग-अलग छलफल गरी सहकार्य गर्न सक्ने बताए। ‘एमाले खुला छलफलमा छ, कोही सहकार्य गर्न आए हामीले ढोका खुला राखेका छौं,’ उनले भने। उनले संक्रमणकालीन न्यायको विषय र राष्ट्रियसभा निर्वाचन अलगअलग विषय भएकाले सर्तसहितको सहकार्य भने सम्भव नभएको बताए।

एमालेले समानान्तर रूपमा कुराकानी गर्न थालेपछि गठबन्धन दलहरूभित्र असन्तुष्टि पैदा भएको छ। सुरुमा प्रधानमन्त्री दाहालले एमालेलाई साथमा लिएर अघि बढ्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।

गठबन्धनमा आबद्ध अन्य दलका नेताले सहकार्यका लागि सर्त राख्नुपर्ने बताएका थिए। एमालेले भने सर्त मान्य नहुने बताइसकेको छ। ‘सर्तमा हामीलाई स्वीकार्य छैन, राष्ट्रिय सहमति हुने विषयमा एमाले बाधक बन्दैन,’ गौतमले भने।
अर्को समाचार
नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!
१३ पौष २०८०
•
५ मिनेट पाठ
नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!
प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता सम्हालेको एक वर्षमा पनि सन्तोषजनक काम नभएको भन्दै मन्त्री फेर्ने कसरतमा लागेका छन्।




गत मंसिर २८ गते सिंहदरबारमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठकमा प्रस्तुत गरिएको रिपोर्ट कार्ड हेरेपछि दाहाल मन्त्री फेर्ने कसरतमा लागेका हुन्। त्यसयता उनले पटकपटक मन्त्रिपरिषद् सदस्य परिवर्तन गर्ने संकेत गर्दै आएका छन्।

खासगरी प्रधानमन्त्रीले आफ्नै पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सेट लैजाने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालको यो तयारीमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) पनि साथ दिने अवस्थामा रहेको बताइएको छ।

दाहालले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै अपेक्षाकृत काम नभएको स्विकारेका थिए। उनले एक वर्षमा सोचेअनुसारको परिणाम दिन नसकेको भन्दै कार्यशैली बदलेर अघि बढ्ने बताएका थिए। ‘काम नभएको त होइन तर आफ्नो सोच र हुटहुटीअनुसारको परिणाम नआएको सत्य हो,’ प्रधामन्त्रीले भनेका थिए।

सम्बोधनको केही दिनअघि नै प्रधानमन्त्री दाहालले मन्त्रीहरूबाट प्रभावकारी काम नभएको गुनासो गरिसकेका थिए। मन्त्रीहरूको रिपोर्ट कार्ड हेरेपछि दाहालले जनताले देख्नेगरी काम गर्न खोज्दा पनि त्यस्तो नभइरहेको बताएका थिए।
मंसिर २८ गते प्रधामन्त्री कार्यालयमा चौमासिक बैठकमा मन्त्रालयगत रूपमा पेस भएको रिपोर्ट र विवरण प्रस्तुति सुनेपछि उनी हालका मन्त्रीहरूलाई साथमा लिएर हिँड्न नसक्ने निष्कर्षमा पुगेका थिए।

प्रधानमन्त्री कार्यालयका अनुसार आव २०८०/८१ का लागि विभिन्न २७ निकायका कार्ययोजनामा कुल १ हजार ६०० क्रियाकलाप तथा ३ हजार ४२१ ‘माइलस्टोन’ (लक्ष्य) समावेश थिए। तीमध्ये २०८० असोज मसान्तसम्म ३ दशमलव ८८ प्रतिशत क्रियाकलाप र ८ दशमलव १३ प्रतिशत लक्ष्य मात्र प्राप्त भएपछि मन्त्रीहरूको रिपोर्ट कार्डमा उनी असन्तुष्ट बनेका थिए।

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका तर्फबाट गृह मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किरातीका साथै पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली ठकुरीलाई परिवर्तन गरेर नयाँ सेट ल्याउने तयारी गरेका छन्।

गठबन्धन सरकार रहेसम्म आफ्नो पार्टीका ३२ सांसद र राष्ट्रियसभाका केही सांसदसहित सबैलाई मन्त्रीको अवसर दिने योजना बनाएर सोहीबमोजिम सेट नै परिवर्तन गर्ने हिसाबले उनी लागेका हुन्।
नारायणकाजी श्रेष्ठलाई भने मन्त्रालय परिवर्तन गरेर सरकारमै राख्न सक्ने दाहालले पार्टी नेताहरूसमक्ष संकेत गरिसकेको माओवादी केन्द्रकै एक पदाधिकारीले बताए। उनका अनुसार वर्षमान पुनलाई यसपटक गृह मन्त्रालयमा पठाउने गरी तयारी थालिएको छ।

माओवादी केन्द्रबाट मन्त्रीहरू परिवर्तन गर्दा सत्ता साझेदार दलहरूबाट पनि मन्त्री परिवर्तन गर्ने जमर्को भइरहेको छ। त्यसका लागि प्रधामन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एस र जनता समाजवादी पार्टी (जसपा) लगायतसँग छलफल गरिरहेका छन्। प्रधामन्त्रीले ११ वटा मन्त्रालयको नतिजा खराब देखेपछि सबै मन्त्री परिवर्तन गर्ने गरी तयारी गरेका थिए।

खानेपानी, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र युवा तथा खेलकुद मन्त्रालयको रिपोर्ट खराब देखिएको थियो।

अन्य मन्त्रालयको रिपोर्टले पनि १०० अंकको पूर्णाङ्कमा ४० कटाउन सकेका थिएनन्। जसले गर्दा प्रधामन्त्री निकै तनावमा देखिने गरेका छन्। ‘कुनै पनि मन्त्रालयको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको छैन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको नतिजा व्यवस्थापन महाशाखाले तयार पारेको प्रतिवेदनमा अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र लगानी बोर्डको कार्यालयले ४ प्रतिशत पनि काम नगरेको उल्लेख भएपछि प्रधानमन्त्री दाहालले सचिवहरूकै अगाडि मन्त्रीहरूको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए। प्रधानमन्त्रीले कामप्रति असन्तुष्टि जनाएकै कारण मन्त्रीहरू चिढिँदा मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकमा सवालजवाफ भएको थियो।

प्रधानमन्त्रीले सचिवहरूकै अगाडि मन्त्रीहरूबाट राम्रो काम नभएकाले जिम्मेवारी हेरफेर गर्ने बताएपछि अहिले मन्त्रीहरूलाई सचिवले साथ दिनसमेत छाडेको स्रोतको दाबी छ।
उक्त बैठकमा मन्त्रीहरूले प्रधानमन्त्री दाहालको चर्को आलोचना गरेका थिए। सोही घटनाकै कारण प्रधानमन्त्री दाहाल अहिलेका मन्त्रीहरूसँग काम गर्न असहज मानिरहेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले सचिवहरूकै अगाडि मन्त्रीहरूबाट राम्रो काम नभएकाले जिम्मेवारी हेरफेर गर्ने बताएपछि अहिले मन्त्रालयमा मन्त्रीहरूलाई सचिवले साथ दिनसमेत छाडेको स्रोतको दाबी छ। मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री दाहाललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि साथ दिने भएका छन्।

नेकपा एसबाट कृषि मन्त्रालयमा डा. वेदुराम भुसाल र भौतिक पूर्वाधारमा प्रकाश ज्वाला छन्। नेकपा एसले पनि गठबन्धन रहेसम्म सबै सांसदलाई मन्त्री बनाउने गरी अहिले सरकारमा गएकालाई फिर्ता बोलाएर पालो पुर्‍याउने नीति लिएको छ। पार्टीभित्र उनीहरूका स्थानमा नयाँ मन्त्री पठाउन दबाब परिरहेका बेला अध्यक्ष नेपालले दाहाललाई साथ दिने भएका हुन्।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठक चलिरहेकाले पार्टीभित्र मन्त्री परिवर्तनको विषयमा चर्चा नभएको बताए। उनले प्रधानमन्त्री र पार्टी अध्यक्षबीच कुनै नै कुनै रूपमा कुराकानी भइरहेको हुन सक्ने आकलन गरे।
मन्त्री फेरबदलको कुरा प्रचार गरेर राम्रो सन्देश नजाने भएकाले बाहिर छलफल चलाउन आवश्यक नठानिँदा केही नसुनिएको हुन सक्ने उनले बताए। ‘मन्त्री परिवर्तन गर्नेजस्तो विषयलाई व्यापक छलफल गर्नुपर्छ भन्ने छैन।

प्रधानमन्त्रीले प्रस्ताव राखे वा अध्यक्षले आवश्यक ठाने परिवर्तन हुन सक्छ,’ प्रवक्ता खतिवडाले भने। उता जसपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भने मन्त्री परिवर्तनबारे केही बताएका छैनन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस