कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई माघ भित्रै हस्तान्तरण गर्ने दाबी गरेका छन्।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्रै हुने दाबी गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएको र संघीय सरकारले प्रहरी समायोजनको तयारी गरिरहेको जानकारी आएका कारण प्रदेशमा पनि तयारी गर्न कार्कीले मातहत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए। ‘माघ १५ गते भित्रै प्रदेशमा प्रहरी समायोजन हुन्छ त्यसको तयारीमा जुट्नुस्’ कार्कीले भने।
प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरुवा, बढुवाको विधि निर्माणलगायतका पूर्व तयारी थाल्नु पर्ने वेला भइसकेको कार्कीले बताए। विपद् व्यवस्थापनको काममा समयमै जुट्न मन्त्री कार्कीले कर्मचारीहरूलाई निर्देशनसमेत दिए।
मन्त्रालयले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङकन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको उनले जानकारी गराएका थिए।
ट्राफिक सप्ताह होइन, सधैं ट्राफिक अभियान चलाउन र सडकमा जोडिएका सिसी क्यामेराहरुको प्रभावकारी अनुगमन गर्नका साथै लागू औषध नियन्त्रणको क्षेत्रमा गम्भीर भएर काम अघि बढाउन कार्कीले निर्देशन दिए।