युद्धमा कमिसार, शिविरमा कमान्डर
०७ फागुन २०७४
•
९ मिनेट पाठ
युद्धमा कमिसार, शिविरमा कमान्डर
सुर्खेत, दशरथपुरस्थित माओवादी लडाकुको छैटौं डिभिजनमा अनमिनका कर्मचारीसँग तत्कालीन डिभिजन कमान्डर महेन्द्रबहादुर शाही ६ नम्बर प्रदेशको मुख्यमन्त्री बनेपछि महेन्द्रबहादुर शाही तस्बिर : कलेन्द्र सेजुवाल-नागरिक
सुर्खेत – करिब १५ वर्ष ९ महिनाको अवधि महेन्द्रबहादुर शाहीको जीवनमा निकै चाखलाग्दो छ । यही ‘समय’ ले हो, बाहिरी दुनियाँमा उनलाई लडाकु कमान्डरको परिचय दिलाएको । २०५३ भदौ ७ गते तत्कालीन माओवादीको सेनामा प्रवेश गरेका उनी २०६९ मंसिर १० गते त्यहाँबाट बाहिरिएका थिए ।

तर, उनी के माओवादी युद्धकालमा कमान्डरमात्र थिए त ? उक्त कालखण्डका झन्डै पाँच हजार आठ सय दिन केलाउने हो भने थाह हुन्छ– शाही सैन्य कमान्डरभन्दा बढी कमिसार थिए । लामो समय उनीसँग निकट रहेका एक पूर्वलडाकु भन्छन्, ‘उहाँ पछिल्लो समय डिभिजन कमान्डरको रुपमा चिनिए पनि ‘जनयुद्ध’ का बेला समग्रतमा कमिसारको भूमिकामा बढी रहनुभयो ।’   ती पूर्वलडाकुको भनाइमा कमिसारको यही अनुभवले उनलाई छोटो सयममै राजनीतिक मञ्चमा सफल बनाएको हो । हुन पनि उनी डिभिजन कमान्डरबाट बिदा भएको एक वर्षमा सभासद, पाँच वर्षमा ऊर्जामन्त्री र ऊर्जामन्त्री बनेको सात महिनामै ६ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री बने ।

सशस्त्र द्वन्द्वकालमा माओवादी सेनाभित्र दुई संरचना थिए– सैन्य कमान्डर र कमिसार । कमान्डर, जो उनकाे  युनिट मातहत रहेका लडाकुको कमान्ड गर्थे र फिल्डमै लड्न खटिन्थे । कमिसारको भूमिका भने लडाकु युनिटलाई राजनीतिक नेतृत्व प्रदान गर्ने थियो । आक्रमण योजना बनाउनेदेखि कार्यान्वयनका लागि निर्देशन दिने, व्यवस्थापकीय जिम्मेवारी बहन गर्ने र मातहतका लडाकुलाई राजनीतिक प्रशिक्षण दिने काम कमिसारको हुन्थ्यो ।

शाहीको सैन्यजीवन २०५३ भदौ ७ गते हिमचुली छापामार दलको कमिसारबाट सुरु भयो । यो यात्राले २०६२ मंसिर १० सम्म निरन्तरता पायो । हाल नेपाली सेनामा कार्यरत ती पूर्वलडाकुको भनाइमा शाहीको योजनामा झन्डै डेढ सय आक्रमण÷प्रत्याक्रमणका घटना भए । छिटफुटबाहेक उनका अधिकांश योजना सफल भए ।

यही सफलताले कालिकोटमा वरिष्ठ माओवादी नेता हुँदाहुँदै उनी एकाएक चर्चामा आए । शान्ति प्रक्रियाको संघारमा पुग्दा पुष्पकमल दाहाल र जनार्दन शर्मा जस्ता नेताको मन जित्न सफल भए । २०६२ मंसिर १० गते ब्रिगेड कमिसारबाट सातौं डिभिजन कमान्डरको जिम्मेवारी पाए, जुन डिभिजनको कमिसार थिए– जाजरकोटका भक्तबहादुर शाह । २०६४ मा संविधानसभा सदस्य भएका शाह अहिले नयाँशक्ति पार्टीमा छन् । उनको बुझाइमा शाही फौजी कमान्डरभन्दा बढी राजनीतिक कमिसार हुन् । ‘शान्ति प्रक्रिया सुरु हुनुभन्दा केही महिनाअघि ‘डिभजन फर्मेसन’ भएपछि मात्र उहाँ (शाही) ले कमिसारबाट कमान्डरको जिम्मेवारी सम्हाल्नुभएको हो,’ उनी भन्छन्, ‘तुलनात्मक रुपमा शाहीमा युद्ध कौशलभन्दा राजनीतिक क्षमता बढी छ।’

सशस्त्र द्वन्द्वकालमा २०५३ भदौ ७ देखि २०६२ मंसिर १० (नौ वर्ष तीन महिना) सम्म लडाकु कमिसारको भूमिकामा रहेका शाही डिभिजन कमान्डरको रुपमा पछिल्लो एक वर्षमात्र भूमिगत लडाइँ लडे । २०६३ मंसिर ६ गते शान्ति प्रक्रिया सुरु भएपछि २०६९ मंसिर १० सम्म उनी लडाकु शिविर (क्याम्प) मा डिभिजन कमान्डरको हैसियतमा रहे । त्यसैले उनलाई माओवादी पार्टीभित्र ‘युद्धको कमिसार, क्याम्पको कमान्डर’ को संज्ञा दिइन्छ ।

युद्धको अन्तिम वर्ष शाहीले कमान्ड गरेको सातौं डिभिजन कमिसार रहेका शाह रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, समन्वय र प्रशिक्षणमा उनको दख्खलको प्रशंशा गर्छन् । ‘उहाँ कमिसारबाटै आउनुभएकाले पछिल्लो समय सँगसँगै बसेर योजना बनाउने, कार्यान्वयन गर्न निकै सहज भयो,’ उनी भन्छन्, ‘यसले लडाइमा पनि सफलता दिलायो ।’

२०६२ फागुन र चैतमा पाल्पाको तीनवीरे, कपिलवस्तुको तौलिहवा, अर्घाखाँचीको धरमपानी र बुटवलको सैन्य व्यारेकमा माओवादी सेनाले आक्रमण गर्यो । यी सबैमा सरकारी पक्षले ठूलो क्षति बेहो¥यो । हाल नेपाली सेनामा रहेका उनका तत्कालीन अंगरक्षक यी लडाइमा हासिल सफलताले नै शाहीलाई शान्ति प्रक्रियापछि पनि डिभिजन कमान्डरको जिम्मेवारी दिलाएको बताउँछन् ।

‘जनमुक्ति सेनामा उहाँभन्दा अनुभवी र सिनियर थुप्रै थिए तर रणनीतिक (कमिसार) र फौजी (कमान्डर) दुवै क्षेत्रमा पाएको उच्च सफलताले शान्ति प्रक्रियापछि पनि कमान्डरको जिम्मेवारी दिलायो,’ उनी भन्छन्, ‘लामो समय कमिसार भएर डिभिजन कमानडर पाउने थोरैमध्ये उहाँ एक हो ।’त्यसो त उनले कमिसारको रुपमा नेतृत्व गरेका लडाइ पनि उत्तिकै सफल मानिन्छन् । २०६१ सालमा शर्माको कमान्डमा भएको पिली आक्रमणमा शाही लिस्नेगाम थर्ड बटालियन कमिसार थिए । २०६० सालमा तत्कालीन ब्रिगेड कमान्डर हितमान पाण्डेको कमान्डमा भएको बेनी आक्रमणमा पनि उनी बटालियन कमिसारको भूमिकामा थिए ।

यसका अतिरिक्त २०५५ पुसमा बाजुराको पाण्डुसैन प्रहरीचौकी आक्रमण, २०५६ मा कालिकोटको मेहलमुडी पोतमारा प्रहरीचौकी आक्रमण, २०६० मा बर्दियाको रम्बापुर आक्रमणलगायत घटनामा उनी कमिसार थिए । पाण्डुसैन आक्रमण क्रममा हो, उनको दायाँ हातको काइँली औंला छिनिएको थियो ।हरेक युद्धमा कमान्डरलाई राजनीतिक रुपमा नियन्त्रण, निर्देशन र परिचालन गर्ने भूमिका कमिसारको हुन्छ । शाहको भनाइमा माओवादी सशस्त्र द्वन्द्वक्रममा भने कमिसारहरु त्योभन्दा अघि बढेर कमान्डरसँगै लडाइको मैदानमै पुग्थे ।

यसले गर्दा उनीहरुमा योजना बनाउनेमात्र नभई प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे पर्याप्त ज्ञान हुन्थ्यो । योजना कार्यान्वयनक्रममा कहाँ के कस्तो कमजोरी भयो, त्यसलाई कसरी सच्याउने भन्ने पाठ लडाइको मैदानमै सिक्ने मौका मिल्थ्यो । सशस्त्र द्वन्द्वक्रममा कुशल कमिसार र कमान्डर कहलिएका शाही ६ नम्बर प्रदेशको मुख्मन्त्री बनेपछि त्यही शैलीमा काम गर्ने मुडमा छन् । ‘हामीले योजना बनाएर छोड्ने होइन, त्यसलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्नेबारे सोच्न पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसैले हामी ‘एक्सन ओरियन्टेड’ (योजना बनाउने र तुरुन्त कार्यान्वन गरिहाल्ने) भएर अघि बढ्नेछौं ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस