आगामी फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ। जसमध्ये सबैभन्दा धेरै एमालेबाट आठ पद रिक्त हुँदैछ। राजनीतिक समीकरण मिले मात्र अब एमालेबाट सांसद निर्वाचित भएर आउने छन्, नत्र आगामी माघ ११ गते हुने निर्वाचनमा यस पार्टीबाट एक जना पनि निर्वाचित हुने देखिएको छैन।
आगामी फागुन २० गते पदमुक्त हुने सांसदमा १९ निर्वाचित मध्ये एक स्वतन्त्र छन् भने एक मनोनीत छन्। फागुन २० मा पदावधि सकिने सांसदमा एमालेबाट सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरीया र लुम्बिनी प्रदेशबाट कुमार दसौदी छन्। लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि भएको उपनिर्वाचनबाट दसौदी निर्वाचित भएका थिए।
त्यस्तै एमाले सांसदमा गण्डकी प्रदेशबाट राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, दिपा गुरुङ, वाग्मती प्रदेशबाट दिलकुमारी रावल थापा (पार्वती), कर्णाली प्रदेशबाट नरपति लुवार, कर्णाली प्रदेशबाट भैरव सुन्दर श्रेष्ठ, वाग्मती प्रदेशबाट रामचन्द्र राई छन्।
त्यस्तै कांग्रेसका चार जनाको पद रिक्त हुँदैछ। जसमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकी प्रदेशबाट प्रकाश पन्थ र कोसी प्रदेशबाट रमेशजंग रायमाझी छन्।
फागुनमा पदावधि सकिने माओवादी केन्द्रका सांसद तीन जना छन्। सुदूरपश्चिम प्रदेशबाट महेशकुमार महरा, कोसी प्रदेशबाट विना पोखरेल र सुदूरपश्चिमबाट हरिराम चौधरी छन्।
यसैगरी नेकपा एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विश्वकर्मा छन्। चपाई कर्णाली प्रदेशबाट र विश्वकर्मा वाग्मती प्रदेशबाट निर्वाचित हुन्।
मधेस प्रदेशबाट पद रिक्त हुनेमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी, बागमती प्रदेशबाट स्वतन्त्र सांसद खिमलाल देवकोटा छन्। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापालाई पार्टीले कारबाही गरेपछि रिक्त पदमा भएको निर्वाचनबाट देवकोटा निर्वाचित भएका थिए। संविधानको व्यवस्थाबमोजिम राष्ट्रपतिबाट मनोनीत विमला पौड्याल राईको पनि पदावधि सकिँदै छ।
राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ। जसअनुसार संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष सकिएर नयाँ सदस्य आइसकेका छन्। बाँकी एक तिहाइ सदस्यको छ वर्षको पदावधि पनि फागुनमा सकिन लागेको हो।