एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नाराजुलस
०३ माघ २०८०
•
२ मिनेट पाठ
एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नाराजुलस
मधेस प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ताधारी जनमत पार्टी सरकार विरुद्ध खनिएका छन्।




जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले सरकार भ्रष्टाचारमा डुबेको र मधेसमा जङ्गल राज चलाएको टिप्पणी गरेको छ।

विगत १ वर्षको जसपाको मुख्यमन्त्री रहँदा देखाउन लायक एउटै काम भएन, बरु जनमत पार्टीले सुरु गरेका महत्त्वपूर्ण कृषि योजनाहरू तथा प्रदेश साक्षरता कार्यक्रमहरूलाई समेत जसपाका मुख्यमन्त्री र अर्थ मन्त्रीले मिलेर चलाउन दिएका छैनन् सिके राउत नेतृत्वको जनमत पार्टीको टिप्पणी छ।

मधेसमा विद्यमान रहेको जंगलराज र भ्रष्टाचारका कारण सङ्घीयता समेत बदनाम हुँदै आएको छ, मधेसको नाम नै कलङ्कित हुँदै आएको छ।

जनमतले भ्रष्टाचारका दश काण्ड छानबिन गरी कारबाही हुनुपर्ने माग समेत गरेका छन्। १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दर्ता भएको जनमतले उल्लेख गरेको छ। मुख्यमन्त्री  स्वच्छता अभियानमाको झन्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिनको क्रममा रहेको जनाएको छ।

मुख्यमन्त्री  बेटी पढाऊ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमाको ६ हजार फाइल गायब गरी बिमा रकम खातामा जम्मा नगरेको जनमतको आरोप छ।

मधेस प्रदेशको गौरव जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौँको भ्रष्टाचार भएको उनको आरोप छ। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर भएको उल्लेख छ।

मधेस प्रदेश सरकारद्वारा शहीद परिवारलाई वितरण गर्ने भनी ल्याइएको भैँसी वितरणमा शहीद परिवारलाई ठगेको जनमतको आरोप छ।

विधि र प्रक्रिया मिचेर अर्थमन्त्रीले रकमान्तर र अनुदानका नाममा आफ्ना नेता कार्यकर्ताहरूलाई वितरण गरेको, विशेष समितिद्वारा छानबिन भइराखेको उल्लेख छ।

कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार भएको जनमतको आरोप छ । सर्लाहीको भरत तालमा ४५ करोड भ्रष्टाचार काण्ड सार्वजनिक लेखा समितिद्वारा ठहर गरिएको जनमतको आरोप छ। मधेस प्रदेश सरकारले कमिसनका लागि मात्र करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका बसहरू कवाडी बनाइएको आरोपसहित जनमतले मधेस सरकारमाथी छानबिन हुनुपर्ने उल्लेख गरेको छ।

मधेस प्रदेश सरकारमा सहभागी जनमत सोही सरकारमाथी खनिनुको एउटा कारण हो मधेस कृषि विश्वविद्यालयको लागि विनियोजित ३१ करोड रुपैयाँको जस पाउने होडबाजी।

यो ३१ करोड आफूले ल्याएको सिके राउतको जिकिर छ। उनले यसमा टिप्पणी गर्दै लेखेका छन्, रकाम गर्ने कालू, मकै खाने भालू !'

बजेट ल्याउने आफू तर कार्यक्रमको प्रमुख अतिथि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बनाउने भन्दै राउतको आक्रोश छ। राजविराज जहाँ यो विश्वविद्यालय छ सो निर्वाचन क्षेत्रबाट उपेन्द्र यादवलाई पराजित गरी  सिके राउत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा उपेन्द्र यादवको प्रभाव बढ्न थालेपछि राउत चिढिएर मधेस सरकार र जसपामाथी खनिएको बताइन्छ।
अर्को समाचार
मधेसमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
०६ फागुन २०८०
•
१ मिनेट पाठ
मधेसमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।




आज बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

यसअघि यादव नेतृत्वको गठबन्धन सरकारलाई समर्थन दिँदै आएको एमाले विश्वासको मत नदिने संसदीय दलको बैठकबाट निर्णय भएको दलका नेता सरोज यादवले जानकारी दिए।

जसपा नेतृत्वको सरकारमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।

मधेसमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, काँग्रेसका २२ र जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ एकीकृत समाजवादीका ७ र लोसपाका ९ सांसद छन्।

अहिले जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन्।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस