उत्कृष्ट सन्तुलन
१५ फागुन २०७४
•
७ मिनेट पाठ
उत्कृष्ट सन्तुलन
सुर्खेत-  शनिबारको संसद बैठकपूर्व बसेको सर्वदलीय बैठकमा मुख्यतयाः दुई विषयमाथि लामो छलफल भयो । पहिलो प्रदेशको नाम र दोस्रो प्रदेशको राजधानी । निचोड निस्कियो, नाम– कर्णाली र राजधानी– सुर्खेत । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यसमा सहमत हुनुको प्रमुख आधार थियो– सन्तुलन।

जुम्लाले ‘मौसमी’ नै किन नहोस्, राजधानी मागिरहेको अवस्थामा ‘कर्णाली प्रदेश’ नामाकरण गर्दा जुम्लालगायत साविक कर्णाली अञ्चलका सांसदलाई ठूलो सन्तोष मिल्यो । अर्कोतिर, सुर्खेतलगायत क्षेत्रका सांसदहरूले प्रदेशको नाम ‘भेरी’ वा ‘भेरीकर्णाली’ राख्नुपर्ने धारणा राखिरहेका बेला राजधानी सुर्खेत तोकिएपछि उनीहरू पनि चुपचाप बस्नुपर्ने अवस्था देखियो । यसरी प्रदेशसभाको चौथो बैठकबाट कर्णाली क्षेत्रलाई नाम र भेरीराप्तीलाई तुलनात्मक रूपमा बढी पायक पर्नेगरी सुर्खेत राजधानी तोकियो ।

कर्णाली, भेरी र राप्तीका १० जिल्ला मिलेर बनेको यो प्रदेशमा शनिबार नाम र राजधानी घोषणापछि एकैपटक प्रदेशभर सन्तुलनको सन्देश प्रवाह भयो।

अन्य प्रदेशहरू न्वारन र स्थायी बसोबासको मुद्दामा प्रवेश नगर्दै सबैभन्दा पछि जन्मिएको कर्णाली प्रदेश भने सन्तुलनको उत्कृष्ट नमुना बन्यो ।नाम र राजधानीले मात्र होइन, दलहरूले संसद र सरकारको संरचनामा पनि कर्णाली प्रदेशमा निकै सन्तुलन मिलाउने प्रयास गरेका छन् । कालिकोटका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा जुम्लाका नरेश भण्डारी, हुम्लाका दलबहादुर रावल, डोल्पाका नन्दसिंह बुढा, सुर्खेतका खड्कबहादुर खत्री, सल्यानका प्रकाश ज्वाला र रुकुमका बिमला केसी मन्त्री छन् । यस हिसाबले प्रदेशका १० मध्ये ७ जिल्लाको सरकारमा प्रतिनिधित्व छ।

दैलेख र जाजरकोट पनि निराश छैनन् । दैलेखले राजबहादुर शाहीलाई सभामुख पाएको छ भने जाजरकोटले पुष्पा घर्तीलाई उपसभामुख पाएको छ । मुगुमात्र यस्तो जिल्ला हो, जो संसद र सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउनबाट छुटेको छ । सम्भवतः यही असन्तुष्टिका कारण त्यहाँका सांसद चन्द्रबहादुर शाहीले ‘राजीनामा’को घोषणा गरेका छन् । उनी भन्छन्, ‘सरकार बनाउँदा पैसा र प्रभाव हेरियो, हाम्रो त्यागको मुल्यांकन भएन।’

सरकारमा जातिगत असन्तुलन खड्किन्छ । तर, त्यसलाई दलहरूले संसद र संसदीय दलबाट मिलाउने प्रयास गरेका छन् । उपसभामुख घर्तीको अनुहारमा जनजातिको झल्को देख्न सकिन्छ भने सत्तारुढ माओवादी केन्द्रले सीता नेपालीलाई प्रमुख सचेतक बनाएर दलित तथा महिलाको प्रतिनिधित्व गराएको छ । प्रतिनिधिसभामा रहँदा केन्द्रीय सरकारको मन्त्री र पछिल्लो समय मुख्यमन्त्री तथा प्रदेशमन्त्रीमा आकांक्षी रहेकी नेपाली प्रमुख सचेतकमा सन्तुष्ट त छैनन्, तर उनले पाएको जिम्मेवारीले कर्णाली प्रदेशभित्र समावेशिता र सन्तुलनलाई थप मजबुत बनाएको छ । ‘मैले पाएको जिम्मेवारीबाट सरकार र संसदमा समावेशिताको भावना त सम्बोधन हुँदैन, तर सत्तारुढ दललाई संसदमा कसरी व्यवस्थित गर्ने भन्ने सवालमा भूमिमा रहन्छ,’ उनले भनिन्, ‘तैपनि हामीले कर्णाली प्रदेशमा सबैखाले सन्तुलन मिलाउन आवश्यक छ।’

४० सदस्यीय कर्णाली प्रदेशको संसदमा राजनीतिक दलहरुबीच सौहार्द सम्बन्ध छ । यसले पनि अवसरको समुचित वितरण र सन्तुलनमा टेवा पुर्याएको छ । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी अहिलेसम्म हरेक मुद्दामा विपक्षी दलसँग समन्वय गरेरै अघि बढेको बताउँछन् । हाल प्रस्तावित चारवटा संसदीय समितिमध्ये एउटा समितिको नेतृत्व विपक्षी दललाई दिएर समावेशिता र सन्तुलनलाई अझ कसिलो बनाइने उनको भनाइ छ । ‘सार्वजनिक लेखा समिति सामान्यतयाः विपक्षीलाई दिने संसदीय प्रचलन छ,’ उनी भन्छन्, ‘एकता र सहकार्यको मूलमन्त्र बनाएको कर्णाली प्रदेशसभा विपक्षीको हकमा पनि उत्तिकै उदार हुने निश्चित छ ।’

के भन्छन् शाही

सरकारमा भूगोल र समावेशिताको असन्तुलन भएको भन्दै राजीनामा घोषणा गरेका मुगुका एमाले सांसद चन्द्रबहादुर शाही पार्टीले आत्मालोचना गरे कार्यक्षेत्रमा फर्किने बताएका छन् । हाल काठमाडौंमा रहेका शाहीले एमालेले मुगुलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै सजायको डन्डा बजारेको बताए । ‘सरकार बनाउँदा पार्टी केन्द्र र प्रदेशले भूगोलको मर्म बुझेन, त्यसैले मैले दुबै कमिटीमा राजीनामा बुझाएको छु,’ उनले भने, ‘कि त पार्टीले मेरो राजीनामा स्वीकृत गर्नुपर्यो, कि अब गल्ति नगर्ने प्रतिवद्धतासहित आत्मालोचना गर्नुपर्यो ।’
अर्को समाचार
नृत्यमा पनि भाइचुङ्ग नै उत्कृष्ट
१८ जेष्ठ २०६६
•
२ मिनेट पाठ
नृत्यमा पनि भाइचुङ्ग नै उत्कृष्ट
नयाँ दिल्ली, भारत जेठ १८ (एजेन्सी)- मैदानमा बल उनको गोडाको इशारामा नाच्ने गर्छ। भाइचुङ्गको सन्तुलन सहितको स्वतन्त्र विचरण गर्ने शैलीका कारण वल खोस्न आउने प्रतिद्धन्दी पनि नजानिदो पारामा नाच्न वाध्य हुन्छन्।
भारतीय फुटबल टिमका कप्तान भाइचुङ्ग भुटियाको नृत्य भने कस्तो छ त ? यसको जवाफ पनि फुटबलकै शैलीमा भुटियाले आइतबार राति उत्कृष्ट रुपमा दिए।

भारतीय टेलिभिजन च्यानल सोनी टिभीको आयोजनामा भएको नृत्य सम्बन्धि एक रियालिटी सो मा भुटियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते।

नृत्यमा खासै दखल नभए पनि भुटियाले आफूमा सुधार ल्याउँदै फाइनलमा दुई जनालाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

"मैले सुरुदेखि नै आफू स्वयं र आफ्ना परिचित एवं साथीभाइलाई आश्चार्य चकित गर्दै आएको छु। यो उपलब्धी पनि मेरो त्यही शैलीको निरन्तरता हो," अन्तिम प्रदर्शनमा बलिउडको लोकपृय चलचित्र डनको गितमा नृत्य देखाएका भुटियाले भने।

तर नृत्यमा पाएको सफलताको परिणामले भुटियालाई आफ्नो समुदायको विवाह झोज जस्ता कार्यक्रमबाट भने परै राख्न सक्ने सम्भावना पनि उत्तिकै छ।

"म अब आफ्नो साथीभाई नातेदारहरुको विवाह भोज एवं यस्तै अन्य कार्यक्रममा भने जाने छैन," भुटियाले भने-मलाई सत प्रतिशत विश्वास छ त्यस्तो कार्यक्रममा मलाई नाच्न अनुरोध गरिने छ र मैले यहाँ जस्तो प्रदर्शन गर्न सक्ने छैन। किनभने त्यतिबेला नाच सिकाउन कोही पनि नृत्य निर्देशक मसँग हुने छैनन्।

तर नृत्यमा सर्वोत्तम हुन भुटियाले स्टेज भित्रबाट नभई वाहिरबाट समेत ठूलो चुनौतिको सामना गर्नु परेको थियो।

भुटियाको क्लब मोहन वगानले रियलिटी कार्यक्रममा व्यस्त भएका कारण उनले फुटबलमा ध्यान नदिएको आरोप लगाउदै स्पष्टिकरण सोधेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस