किरण पुन, काठमाडौं, असार ३- पार्टीले सहमतीय सरकारको वकालत गरिरहेका बेला एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बहुमतकै भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा अघि सारेका छन्।
माओवादी पोलिटब्युरो बैठकमा सहमतीय सरकार बन्ने सम्भावना क्षीण भएको भन्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बुधबार उनले यस्तो टिप्पणी गरेका हुन्।
सहमतीय सरकारले सबै दलका कुरा सुन्नुपर्ने, कामै गर्न नसक्ने भएकाले अग्रगामी कदम उठाउन बहुमतीय नै उचित हुने भट्टराईको तर्क थियो।
ठूलो दलको हैसियतले सहमतीय सरकारको नेतृत्व अध्यक्ष दाहालले गर्ने माओवादी स्थायी समितिको निर्णयसमेत उनले अस्वीकार गरेका छन्। 'जुन नेताका नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा जाने विकल्प खुला गर्न सकिन्छ,' भट्टराईलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, 'बहुमतीय भए पनि सरकारमा जानुपर्छ। यस्तो सरकारमा सयथरीका कुरा सुन्ने झन्झट हुन्न, जनपक्षीय काम छिटोछरितो गर्न सकिन्छ।'
बैठकमा उनले सरकार बनाउन सकिने सबै उपाय अवलम्बन गरेर जानुपर्ने सुझावसमेत दिएका थिए। स्थायी समितिले तीन 'स' प्रयोग गरेर जानुपर्ने निर्णय गरिसकेकाले सरकारमा जानुहुँदैन भन्ने तर्क पार्टी नीतिविपरीत हुने उनको दाबी थियो। माओवादीले जनविद्रोहका लागि सदन, सडक र सरकार तीनवटै मोर्चा प्रयोग गर्ने नीति लिएको छ।
भट्टराईले पार्टीभित्र र बाहिर अध्यक्ष दाहालको विकल्पमा आफूलाई उभ्याइएको घुमाउरो भाषामा सुनाए। 'जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा जानुपर्छ,' उनले थपे, 'मै जानुपर्छ भन्ने होइन तर विकल्प खुला राख्नुपर्छ।'
भट्टराईनिकट एक पोलिटब्युरो सदस्यले पार्टी अध्यक्ष दाहालको पेवा नभएकाले क्षमतावान नेतालाई विकल्प दिनुपर्ने बताए। 'माओवादी अध्यक्षको पेवा होइन, भट्टराई मात्र होइन रामबहादुर थापा, कृष्णबहादुर महरालगायत नेता छन्,' उनले नागरिकसँग भने, 'के कमी छ र पार्टीमा?'
बुधबार पोलिटब्युरो बैठकमा बोल्ने ६ पदाधिकारीमध्ये पाँचजना भने बहुमतीय सरकारमा जाने धारणाको विपक्षमा उभिए। उपाध्यक्ष मोहन बैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव चन्द्रप्रकाश गजुरेल र पोष्टबहादुर बोगटीले बहुमतीय सरकारको नेतृत्व गरेर संविधान नबन्ने र शान्तिप्रक्रिया पनि टुंगोमा नपुग्ने बताए।
'संविधान चाहिन्छ पनि भन्ने, संविधानसभा मेरै एजेन्डा पनि भन्ने। तर बहुमतीय सरकारमा भए पनि जानुपर्छ, छाड्नैहुन्न भन्ने कुरामा कहाँनिर र्याङठ्याङ मिल्यो र तपाईंलाई सरकारमा जान यत्रो हतार?' वैद्यलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने।
वैद्य, श्रेष्ठ, थापा, गजुरेल र बोगटीले कांग्रेस-एमालेमा विवादका कारण नेतृत्व माओवादीमै आउने सम्भावना अझै जीवितै रहेको भन्दै अध्यक्ष दाहालकै नेतृत्वमा सहमतीय सरकार बनाउन पहल गर्नुपर्ने तर्क गरेका थिए। 'जनयुद्धका उपलब्धि रक्षा गर्न र संविधान लेख्न अध्यक्षकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ,' वैद्यले भने। बैठकमा उपाध्यक्ष श्रेष्ठ र महासचिव थापाले सहमतीय सरकार नबन्ने स्थिति भए सिधै विद्रोहमा जानुपर्ने बताए।