प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को क्षेत्राधिकार बाझिने गरेको अवस्था पनि छ। त्यसलाई हामीले स्पष्ट पार्नुपर्छ।’ उनले भने।
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठक हामी छिट्टै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर अध्ययन समिति नै बनाएर व्यवस्थित काम गरौँ। समितिमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ।’
ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। ‘ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन। अहिले भएको साधन स्रोतका आधारमा गर्न सकिने काम कार्यतालिका बनाएर गरौँ।’