कोशी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएसँगै नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले पमाण पत्र पाएका छन्। उनले ५ हजार दुई सय ९२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिश्पर्धी राप्रपाकाउद्वव पौडेलले ४ हजार ५ सय ६२ मत प्राप्त गरे। प्रदेशसभा सदस्यतर्फ सिटौलाले २ हजार ३ सय ८५ र स्थानीय तहतर्फ २ हजार ९ सय ७ मत प्राप्त गरे।
पौडेलले प्रदेश सभातर्फ २ हजार ४ सय ९१ र स्थानीय तहतर्फ २ हजार ७१ मत प्राप्त गरे। कोशी प्रदेशमा प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए।
सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन्। स्थानीय तहतर्फ सिटौलाले १ सय ५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १ सय ९ मत प्राप्त गरे। स्थानीय तहतर्फ ४ मत बदर भएको छ। एमालेका पर्शुराम अधिकारीले एक सांसद र ५ स्थानीय तहका पदाधिकारीको मत पाए। उनले पाएको मतभार १ सय ४८ रहेको छ।
यस्तै महिला तर्फ एमालेकी रुकमिणी कोइराला निर्वाचित भएकी छिन्। कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मत मात्र प्राप्त गरिन्। कोइरालालाई १ सय ३१ जना स्थानिय तहका जनप्रतिनिधि र ४९ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। राप्रपा–एमाले गठबन्धनसँग १ सय १४ स्थानिय तहका जनप्रतिनिधि र ४६ जना प्रदेशसभा सदस्यहरूमात्रै मतदाता थिए।
यता सत्तारुढ गठबन्धनको कुल मतभार ५ हजार ४ सय ८३ थियो। यस्तै नेकपा एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार ६ सय ४ मात्रै थियो। बिहीबार सम्पन्न निर्वाचनमा प्रदेशसभा तर्फका ९३ जना सदस्यले मतदान गरेका थिए भने स्थानिय तह तर्फका २ सय ७४ मतदाता मध्ये २ सय ७१ जनाले मात्रै मतदानमा भाग लिएका थिए।