नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्र नेतालाई मात्रै आएको बताएका छन्।
कांग्रेस नेतृ नोना कोइरालाको १६ औं स्मृति दिवसका अवसरमा आइतबार विराटनगरको इक्राहीमा आयोजित पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रजातन्त्र नेतालाई मात्रै आएको तर, जनतालाई नआएको बताएका हुन्।
डा. कोइरालाले आवधिक निर्वाचन, बोल्ने अधिकार र सत्तामा जाने बाहेक मानिसको मनमा अरु कुरा नभएको धारणा राखे।
‘आवधिक निर्वाचन, बोल्ने अधिकार र सत्तामा जानेबाहेक मानिसकको मनमा अरु केही छैन’ उनले भने ‘प्रजातन्त्र त नेतालाई मात्रै आएको छ। जनताले अनुभूतिसमेत गर्न पाएका छैनन्।’
सुशासन दिन सकिएन, जनताको जीवनस्तर उकास्न सकिएन, विकास गर्न सकिएन र कानुनी राज्यको प्रत्याभूति गर्न नसकेसम्म वास्तविक प्रजातन्त्र नआउने कोइरालाको भनाई छ।
डा. कोइरालाले चरम दण्डहीनताका कारण अहिले देश अति नै अप्ठ्यारो परिस्थितिमा पुगेको डा. कोइरालाले टिप्पणी गरे। उनले भ्रष्टाचारले गाँजेको, कानुनी राज्य र सुशासन देशमा नरहेको कोइरालाले बताए।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा देखिएको हात्तीको समस्यालाई प्रदेश सरकारले समाधान गर्ने योजना बनाइरहेको बताए। उनले कोशी प्रदेशमा अब, हात्तीलाई समस्याको रुपमा नभई आम्दानीको स्रोतका रुपमा उपयोग गरिने स्पष्ट पारे।
कार्कीले झापाको बाहुनडाँगी देखि उदयपुरको जोगीदह सम्मको क्षेत्रलाई हात्ती करिडोरका रुपमा विकास गर्न प्रदेश सरकारले तयारी थालेको कार्कीले बताए। कार्कीले नेपाली राजनीतिमा नोना कोइरालाको योगदानको चर्चा गर्दै महिला समावेशीको कुरा चर्का रुपमा उठ्ने गरेको, महिलालाई सांसद, मन्त्री र राष्ट्रपतिसमेत बनाइसकेको भए पनि तल्लो तहका महिलाहरूको अवस्थाबारे कसैले चासो नदेखाएको बताए।
उनले प्रदेश सरकारले तल्लो तहका महिलाहरूको समस्यालाई पनि सम्बोधनको प्रयास सुरुवाद गरेको दाबी गरे। महिला स्वास्थ्य स्वयंसेवीकाहरूको सुविधा बढाएर सरकारले यसै आर्थिक वर्षको बजेटबाट तल्लो तहका महिलाहरूलाई राहत दिने अभियान थालेको स्पष्ट पारे। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ मृदुला कोइराला नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेललगायतले नेपाली राजनीतिमा नोना कोइरालाको योगदानको चर्चा गरे।
कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रदानलाई पुरस्कृत गरिएको छ। पत्रकार प्रधानलाई नगद राशीसहित दोसल्ला ओढाएर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानित गरेका थिए।