अधिकारका लागि संघीय सरकार मात्र नभई संसदसँग पनि लड्नुपर्ने भयोः मुख्यमन्त्री पाण्डे
०४ फागुन २०८०
•
४ मिनेट पाठ
अधिकारका लागि संघीय सरकार मात्र नभई संसदसँग पनि लड्नुपर्ने भयोः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः सन्देश/नागरिक
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकारका लागि संघीय संसदसँग पनि लडाईं लड्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारका लागि संघ सरकार सँगसँगै संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको बताए।




प्रदेशको अधिकारका लागि कानुन बनाउने जिम्मेवारी संघ सरकारसँगै संघीय संसदको पनि भएकाले यी दुबैसँग समान लडाईं लड्नुपर्ने उनको भनाई छ। ‘कानुन बनाउने जिम्मेवारी केवल सरकारको मात्रै होईन, संसदको पनि हो,’ उनले भने,‘त्यसैले संघ सरकारसँग मात्रै होईन, संघीय संसदसँगपनि हामीले नयाँ लडाई शुरु गर्ने अवस्था भएको छ प्रदेशको तर्फबाट।’

मुख्यमन्त्री पाण्डेले प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउनेगरी कानुन बनाउनका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक सांसदले आवाज उठाउनुपर्ने बताए। आफूभन्दा अगाडि बोलेका गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश बलियो बनाउन संघ सरकारले आनाकानी गरेको भन्दै आलोचना गरेपछि हालका मुख्यमन्त्री पाण्डेले त्यसको पनि जवाफ दिए। 

‘आज जसरी पृथ्वीसुब्बा गुरुङको आवाज यहाँ घन्कियो,’ उनले भने,‘म सुन्न चाहन्छु कि संघीय संसदमा उहाँको यो आवाज, अझ यो भन्दापनि चर्को किसिमबाट प्रदेशका अधिकारका बारेमा गुञ्जियोस्। उहाँसहित प्रत्येक सांसदहरुको आवाज गुञ्जियोस्।’  
उनले पहिले प्रदेशमा भई अहिले संघमा प्रतिनिधित्व गरेका होस् वा पहिले संघमा भएर अहिले प्रदेशमा आएका सबै नेताहरुले प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन ईमान्दारितापूर्वक पहल नगरेको उनले आरोप लगाए । उनले भने,‘दुःखका साथ भन्नुपर्छ ६ वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गर्दासमेत चाहे हिजो प्रदेशमा बसेर आज संघमा पुग्नु भएका माननीय ज्यू हरु भन्नूस् वा चाहे हिजो संघमा बसेर आज प्रदेशमा झर्नु भएका माननीय ज्यूहरु भन्नूस्, संघीयता कार्यान्वयनका पक्षमा हामी कति ईमान्दारिताका साथ प्रयत्न गरिरहेका छौं ? केवल, समारोह, सन्दर्भमा मात्र होईन, जहाँ कार्यान्वयन हुनुपर्ने हो वा थालनी हुनुपर्ने हो परिणाम आउने किसिमबाट कामको शुरुवात होस् भन्ने म चाहन्छु।’

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अस्थिरताको कारक बनेको भनेर जनताले आलोचना गरिरहेको बताए। ‘मुलुकको स्थिरताका लागि योगदान दिनुपर्नेमा प्रदेश अस्थिरताको कारण बन्यो, जनताको त्यहि आलोचना छ,’ उनले भने,‘वर्षमा ३–४ वटा सरकार परिवर्तन हुन्छ अनि प्रदेश सरकारमाथि प्रश्न उठ्छ। हुन त प्रदेश सरकार परिवर्तनको कारण राजनीतिक परिपार्टीपनि कारण हो।’ उनले संघ सरकार र काठमाडौंले प्रदेश सरकार र प्रदेश सभालाई कसरी डमरु बनाइरहेको आरोप लगाए। यसो भनिरहँदा प्रदेश सरकार र प्रदेश सभाले पनि आफ्नो क्षमता र सामथ्र्यले पुष्टि गर्नुपर्ने बताए।  

एमाले उपमहासचिव समेत रहेका संस्थापक मुख्यमन्त्री गुरुङले प्रदेश सरकार र प्रदेश सभाको औचित्य समाप्त हुनेवित्तिकै संघीयता नै समाप्त हुने दाबी गरे। संघीय शासन प्रणाली लागु गर्नुको एउटा मात्रै कारण भनेको प्रदेश सरकार र प्रदेश सभा भएको उनले बताए। 
उनले भने,‘त्यसैले संघ सरकार र काठमाडौंले नहेरेको कुरा त छँदैछ, तर हामीले पनि हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ। प्रदेशले आफ्नो औचित्य पुष्टि गर्दै र सामथ्य देखाउँदै जानुपर्छ ।’  

उनले प्रदेश सरकार स्थापना भएको ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दासम्मपनि प्रदेशले आफ्नो सामथ्र्य जति देखाउनुपथ्र्यो वा शासकीय क्षमता जति वृद्धि गर्नुपथ्र्यो, त्यो गर्न नसकेको टिप्पणी गरे। सिमित श्रोत र साधनका चुनौतिका बाबजुत पनि भएको श्रोत र साधनको अधिकतम प्रयोग गरेर परिणाम दिनुपर्नेमा उनको जोड थियो।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले पानी, बिजुली र पुल तथा बाटोघाटोले प्रदेशको औचित्य पुष्टि गरिरहेको बताए। ‘संघ सरकारको केन्द्रीकृत मानसिकता र अदालतको फैसलाले प्रदेशको प्रभावकारितामाथि चुनौति खडा गरिरहेको छ,’उनले भने।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले व्यवस्था बदल्न सहकार्य दलहरु संघीयता बलियो बनाउनपनि एकताबद्ध हुनुपर्नेमा जोड दिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीन तहको सरकार एकसाथ अघि बढेन भने संघीयता कार्यान्वयन गर्दा समस्याहरु आउन सक्ने भएकाले त्यसप्रति सबैको ध्यान जानुपर्ने बताए। ‘प्रदेशले स्थानिय तहलाई दिनुपर्ने अधिकारप्रतिपनि सचेत रहन आग्रह गर्दै उनले भने, ‘प्रदेश सरकारले माथिले हामीलाई अधिकार दिएन भनिरहँदा हामीले तल के गर्ने भन्ने कुराहरुमापनि विशेष ध्यानाकर्षण गराउँछु।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस