गठबन्धनबारे कांग्रेसमा तीन धार
०५ फागुन २०८०
•
४ मिनेट पाठ
गठबन्धनबारे कांग्रेसमा तीन धार
नेपाली कांग्रेसभित्र वर्तमान सत्ता गठबन्धनलाई हेर्ने विषयमा तीव्र मतभेद देखिएको छ। सोमबारदेखि ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा पेस गर्न तयार गरिएका तीनवटा प्रतिवेदनमा सत्ता गठबन्धनका विषयमा अलगअलग धारणा आएका हुन्।




पार्टी उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गठबन्धनको पक्षमा देखिएका छन्। कुनै पनि राजनीतिक दलप्रति निकटता र विरोधभन्दा लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र भावनाका आधारमा सहकार्य गर्दै जाने विचार उपसभापति खड्काले तयार पारेको प्रस्तावमा समेटिएको छ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि गठबन्धन गर्नुपर्ने बाध्यकारी अवस्था रहेको खड्काको प्रतिवेदनमा उल्लेख छ। सरकार गठनका लागि गठबन्धन सरकार बनाउनैपर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्नुपर्ने उनले जनाएका छन्।

तर महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीको मत घटेको दाबी गरेका छन्। अहिलेको सत्ता गठबन्धनको विपक्षमा बेलाबेला आफ्ना धारणा दिँदै आएका थापाले आगामी निर्वाचनमा चुनावी तालमेल गर्न नहुने संकल्प अहिले नै गर्नुपर्ने तर्क गरेका छन्।

निर्वाचनपछि सत्ता साझेदारीका लागि तालमेल गर्ने कुरालाई स्वीकार गरेका उनले पार्टीका नेता तथा कार्यकर्ताको भावना चुनावमा तालमेल गर्न नहुने रहेको उल्लेख गरेका छन्।
भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गरेर अब आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्नेछैन भन्ने धारणा उनको प्रतिवेदनमा उल्लेख छ। २०७४ सालबाट २०७९ सालको आम चुनावसम्म आइपुग्दा प्रतिनिधिसभा चुनावमा लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्रास आएको तथ्यांक थापाले प्रस्तुत गरेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने खड्का र महामन्त्री थापाले भन्दा फरक धारणासहितको प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन्। निर्वाचन हुन चार वर्ष बाँकी रहेको जनाउँदै अहिले नै चुनावी तालमेलका विषयमा छलफल र बहस आवश्यक नरहेको शर्माको मत छ। निर्वाचन आउनु एक वर्षअघि मात्र चुनावी तालमेलका विषयमा छलफल गर्नु उपयुक्त हुने शर्माको तर्क छ।

पार्टीको महासमिति बैठकमा पेस गर्न उपसभापति, महामन्त्रीहरूले तयार पारेको प्रस्तावमै फरकफरक मत बाहिर आएको हो। सोही प्रस्तावका आधारमा केन्द्रीय समितिको बैठकमा पनि सदस्यहरूले आआफ्नो लाइनअनुसार धारणा राखेका छन्।

कांग्रेस नेता डा. शेखर कोइरालाले बैठकमा पेस भएका प्रतिवेदनहरू पार्टीको मौलिकताअनुसारको नभएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिवेदनमाथिको छलफलमा बोल्ने क्रममा कोइरालाले तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै पार्टीका प्रस्तावहरूमा मौलिकता हराएको आरोप लगाए।

‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो। महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपथ्र्यो, त्यो देखिएन,’ कोइरालाले भने।

कांग्रेसकै असक्षमताका कारणले निराशा त बढिरहेको छैन भन्ने प्रश्न गर्दै कोइरालाले इतिहासको गुणगान मात्र गाउने र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्नुपर्ने तर्क राखे।

केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा प्रस्तुत तीन वट्टै प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको आरोप लगाए। तीनवटै प्रस्तावमा समस्या मात्र आएको धारणा राख्दै समाधानका लागि ठोस प्रस्ताव नआएको उनले बताए।

कांग्रेसमा बसौं कि अरूतिर जाऔं भन्ने मनस्थितिमा रहेका नेता–कार्यकर्ता रोक्ने कुनै सन्देश नआएको पौडेलको तर्क छ। केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताए।
‘पहिलो कुरा, पार्टीका तर्फ बाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ महरले भने, ‘महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन।’

कांग्रेसमा अवसरको न्यायोचित वितरण ठुलो समस्या देखिएको भन्दै तीनपटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने तर्क गर्दै महरले भने, ‘चुनावअगाडि गठबन्धन नहुने गरी नेपाली कांग्रेस जानुपर्छ।’

जनतामा कांग्रेसले सबै समयमा समाधान गर्छ भन्ने सन्देश दिन जरुरी रहेको जनाउँदै केन्द्रीय सदस्य गोविन्द पोखरेलले त्यसका लागि प्रस्तावहरू सकारात्मक नभएको दाबी गरे।

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले समृद्धि र समुन्नतिको मुद्दा सँगसँगै जातीय, धार्मिक, लैंगिक, भाषिक, भौगोलिक र पौराणिक पहिचानको मुद्दा, समावेशी विकास, समावेशी संगठन र समावेशी लोकतन्त्रको मुद्दा अब विश्व राजनीतिको प्रमुख हिस्सा हुने भएकाले पार्टीले पनि त्यसलाई समावेश गर्नुपर्ने तर्क गरे।

 पार्टीको संसदीय समितिसहितका निकायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य उर्मिला थपलियाले महासमिति बैठकबाट सनातन हिन्दुराज्यको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखिन्।
केन्द्रीय समितिको बैठकले तीनवटै प्रतिवेदनलाई सदस्यहरूको सुझावका आधारमा परिमार्जन गरेर महासमितिमा पेस गर्ने निर्णय गरको छ। महासमिति बैठक सोमबारदेखि बिहीबार (फागुन ७–१०) सम्म गोदावरीमा हुँदैछ।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१३ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस