एक महिना पनि टिकेन प्रदेश सरकारको निर्णय
०६ फागुन २०८०
•
२ मिनेट पाठ
एक महिना पनि टिकेन प्रदेश सरकारको निर्णय
एक महिनाअघि प्रदेश कार्यालय खारेजीको निर्णय गरेको कर्णाली प्रदेश सरकार त्यसबाट पछाडि हटेको छ। माघ १० गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आठ वटा प्रदेश कार्यालय खारेजी गरेको थियो। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्था सर्वेक्षण (ओएण्डएम सर्भे) नहुँदासम्म माघमा भएको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो।




‘ओएण्डएम सर्भे नहुँदासम्मका लागि माघ १० गतेको निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले भने, ‘ओएण्डएम सर्भेको प्रतिवेदनका आधारमा पछि निर्णय गछौं।’

प्रदेश सरकारले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र, पशुपक्षी विकास निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, शिक्षा विकास निर्देशनालय र मानव संशोधन विकास केन्द्र खारेज गर्ने निर्णय गरेको थियो।

आर्थिक वर्षको मध्यतिर प्रदेश कार्यालयहरू खारेज गरिएको भन्दै सत्ता साझेदार नेपाली काँग्रेसले चर्को विरोध गरेको थियो। काँग्रेसले सरकारबाट बाहिरिने धम्की दिएपछि मुख्यमन्त्री राजकुमार शर्मा आइतबार काठमाडौँबाट फर्केर मन्त्रिपरिषद् बैठक राखेका थिए। बैठकले आफैले गरेको पूर्व निर्णय खारेज गरेसँगै चालू आर्थिक वर्ष पूर्ववत् कार्यालयबाट कामकाज हुनेछ।

प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूर्व तयारी प्रभावित हुनुका साथै शिक्षक सेवा आयोगले सिफारिस गरेका ८७ जना शिक्षकहरूको पदस्थापन र वैकल्पिक सूचिमा रहेका शिक्षकहरूको नियुक्ति प्रक्रिया एक महिनादेखि रोकिएको थियो । 

प्रदेश सरकारले स्थापना गरेका तीन नयाँ कार्यालय पनि खारेजीमा परेका छन्। सरकारका प्रवक्ता जिसीका अनुसार आन्तरिक मामिला व्यवस्थापन कार्यालय, शहरी विकास तथा भवन कार्यालय र सब–डिभिजन वन कार्यालय खारेजीमा परेका छन् भने नाम परिवर्तन गरिएका दुई वटा कार्यालय पनि पूर्ववत् नाममै काम हुनेछन्। प्रदेश सरकारले प्रदेश आयुर्वेद औषधालयको नाम परिवर्तन गरेर प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र राखेको थियो भने भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयको नाम परिवर्तन गरेर डिभिजन जलाधार व्यवस्थापन कार्यालय राखेको थियो।
अर्को समाचार
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
०३ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ। यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो।  




हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित हुनेछन्। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो। 

यसपटक चैते दसैं वैशाख ४ गते परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० चैत २९ गतेको निर्णयबाट चैते दसैंको बिदा नदिइने भएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस