नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा आम्दानी घटेको जनाएको छ।
केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा महासमिति बैठकमा प्रस्तुत लेखा परीक्षण प्रतिवेदनमा कांग्रेसको आम्दानी मात्र घटेको छैन खर्च बढ्दा मौज्दात रकम घट्दै जाँदा कांग्रेस घाटामा गएको हो।
आर्थिक वर्ष २०७८/७९ मा सदस्यता, लेबी र नविकरणसहित विभिन्न शीर्षकबाट १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी भएको उल्लेख गरेको छ। तर, आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ मात्र रहेको उल्लेख छ।
आर्थिक वर्ष २०७८/७९ मा सदस्यता, लेबी र नवीकरण शुल्क बापत ७ करोड ४३ लाख ३ हजार ५ सय १ रुपैयाँ आम्दानी भएको उल्लेख छ। त्यस्तै, चन्दा तथा सहयोग बापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको जनाएको छ।
तर, आर्थिक वर्ष २०७९/८० मा सदस्यता, लेबी र नवीकरण शुल्क बापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा तथा सहयोग बापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ आम्दानी भएको उल्लेख छ।
त्यस्तै, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको उल्लेख छ।
१४ औं महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको जनाउँदै स्थानीय निकाय, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी कार्यालय सञ्चालन ४ करोड ११ लाख ५६ हजार १ सय ३ रुपैयाँ र ह्रास कट्टी तथा अपलेखनमा ४१ लाख ५९ हजार २ सय १ रुपैयाँ गरी १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ आव २०७८/७९ मा खर्च भएको जनाएको छ।
त्यस्तै, आव २०७९/८० मा निर्वाचनमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च भएको जनाएको छ। त्यसैगरी कार्यालय सञ्चालनमा ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भातृ संगठन सम्बन्धी खर्च ४९ लाख ६० हजार र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ खर्च व्यवस्था गरिएको जनाउँदै ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च भएको उल्लेख छ।
आव २०७८/७९ मा साधारण जगेडा कोषमा ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आव २०७९/८० मा उक्त रकममा कमी आई २ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ।
कुल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आव २०७९/८० मा ह्रासकट्टी पश्चात् ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैयाँ कायम रहेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/८० मा पार्टीको मुद्दती बचत २ तिहाइले कम भई १० करोडबाट ३ करोडमा झरेको छ। ७ करोड ६३ लाख ९१ हजार १ सय रुपैयाँ रहेको मौज्दात रकम आव २०७९/८० मा १ करोड ९४ लाख १६ हजार ५ सय २५ रुपैयाँ मात्र कायम रहेको छ।
क्रियाशील सदस्यता शुल्कलाई समयमै संकलन गर्नुको साथै पार्टीको संसदीय दलका सदस्यबाट उठाइने लेबीलाई नियमित उठाउने जनाएको छ। साथै विद्यमान बाँडफाँडको अनुपातलाई आवश्यक्तानुसार पुनर्विचार गर्न सकिने र स्थानीय तहका प्रमुख र उप–प्रमुख समेतबाट निश्चित रकम लेबी समेत नियमित रुपमा उठाइने भएको छ।