ग्यालेक्सी एआइ अघिल्ला मोडलहरूमा पनि उपलब्ध
१३ फागुन २०८०
•
३ मिनेट पाठ

मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले ग्यालेक्सी एआईको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड ५ र जेड फ्लिप ५ सिरिजहरूमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाएको छ।

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस २४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताहरूको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने छ।

‘ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरूलाई सशक्त बनाउनु पनि हो’, सामसङ इलेकट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम र्‍होले भने, ‘यो ग्यालेक्सी एआइको सुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असीमित सम्भावनाहरूको उपयोगको लागि नवीन उपायहरूको खोजी जारी राख्ने छ।’

व्यवधानरहित सञ्चार

एआई सञ्चालित मोडलहरूमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरूको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरूले लिन सक्नेछन्।

यी विशेषतामा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरूमा मेसेजहरू ट्रान्सलेट गर्ने सुविधा समेत संलग्न छन्। ग्यालेक्सी प्रयोगकर्ताहरूले लाइभ ट्रान्सलेट मार्फत रियल टाइममा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरूका लागि आवाज र टेक्स्ट अनुवादहरू उपलब्ध गराउनेछ।

इन्टरप्रिटरको साथमा प्रयोगकर्ताहरू आफ्नो यात्राको दौरानमा स्थानीयहरूसँग तत्काल कुराकानी गर्न सक्षम हुनेछन् किनकि स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्टहरू अनुवाद गरेर देखाउनेछ।

अतुलनीय उत्पादकत्व

ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआइको व्यापक एकीकरणले एआई समर्थित मोडलहरूमा प्रयोगकर्ताहरूलाई निर्बाध रूपमा दैनिक कार्य गर्न सक्षम बनाउँदै दक्षताको नयाँ स्तरहरू सञ्चालन गराउँछ।

सर्कल टु सर्च वीथ गुगल मार्फत खोज प्रणालीहरूको सुधार गरिएको हुँदा सजिलै आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज परिणामहरू पाउन सकिनेछ। 

नोट एसिस्ट जस्ता विशेषताले प्रयोगकर्ताहरूलाई फम्र्याटहरु सिर्जना गर्न, सारांशहरू रचना गर्न र टिप्पणीहरू अनुवाद गर्न मद्दत गर्दछ भनेँ ब्राउजिङ एसिस्टले समाचार सामग्रीहरूको समग्र सारांशहरू एकै क्षणमा तयार गर्दछ। ट्रान्सक्रिप्ट एसिस्टले मिटिङहरूको रेकर्डिङ गरी सजिलै सारांशहरू तथा अनुवादहरू तयार पार्न सक्छ।

सृजनशीलतामा सहयोगी

ग्यालेक्सी एआइको साथमा सामसङले व्यक्तिको सृजनशील सम्भाव्यतालाई उजागर गर्न आफ्नो भूमिकालाई दोब्बर बनाएको छ। 

ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरूको सेट उपलब्ध गराएको छ, जसले फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ। जेनेरेटिभ एडिट मार्फत एआई समर्थित उपकरणहरूले फोटोहरूलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन्।

यस्तै प्रयोगकर्ताहरूले एडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन्। इन्स्ट्यान्ट स्लो–मो ले चलायमान फलहरू क्याप्चर गर्न सुस्त गतिको भिडियोहरूका लागि अतिरिक्त फ्रेमहरू तयार गर्ने हुनाले धेरै सटहरू बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ।

सृजनशीलता र व्यक्तित्वकरण त्यत्तिमै रोकिँदैन, ग्यालेक्सी उपकरणहरूलाई अनुकूलन गर्न एआई निर्मित वाल पेपरहरु मार्फत पहिलेभन्दा झन् सजिलो भएको छ, र एआई समर्थित उपकरणहरूले प्रयोगकर्ताहरूको सृजनशीलतालाई सक्षम बनाएको छ।

सामसङले विश्वलाई प्रेरित गर्दै परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथमा भविष्यको आकार कोर्दै आएको छ। कम्पनीले टिभी, स्मार्टफोन, वेरेवल्स् उपकरण, ट्याब्लेट, घरायसी सामान, नेटवर्क प्रणाली, र मेमोरी प्रणाली, एलएसआई, फाउण्ड्री र एलइडि सामानहरूको पुनः परिभाषित गरिरहेको छ र आफ्ना स्मार्ट उपकरणहरूको मैत्री प्रणालीद्वारा निर्बाध सम्पर्कको अनुभव दिलाइरहेको छ भनेँ सहकार्यको लागि साझेदारहरूलाई खुल्ला राखेको पनि छ।
अर्को समाचार

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस