स्वमूल्यांकनमै अनुत्तीर्ण सरकार
१८ फागुन २०८०
•
५ मिनेट पाठ
स्वमूल्यांकनमै अनुत्तीर्ण सरकार
मुलुकमा सुशासन, विकास, समृद्धि दिने भन्दै गठन भएको पुष्पकलम दाहाल नेतृत्वको सरकार आफैंद्वारा निर्धारित मानक (माइलस्टोन) मा पनि अनुत्तीर्ण भएको छ। आफैंले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा लिइएका लक्ष्यअनुसार यो सरकारले प्रगति गर्न नसकेको हो।




प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अनुगमन तथा मूल्यांकनअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना (पुससम्म) मा वार्षिक लक्ष्यको १६.४५ प्रतिशत मात्र प्रगति भएको छ।

लक्ष्य १०० मा १६.४५ प्रतिशत मात्र प्रगति हुनु भनेको अनुत्तीर्ण हुनुसरह हो। ६ महिनामा १ हजार ५२० वटा माइलस्टोनका लक्ष्य लिएकोमा ५३३ वटा मात्र सम्पन्न भएका छन्। यसको अर्थ यो अवधिमा लिइएको १०० प्रतिशत लक्ष्यको ३५.०७ प्रतिशत मात्र प्रगति भएको छ।

चालु आर्थिक वर्षको अर्धवार्षिक मूल्यांकनमा सबै मन्त्रालय तथा अन्य निकायहरूको कार्यसम्पादन चिन्ताजनक देखिएपछि प्रधानमन्त्री दाहाल आक्रोशित बनेका छन्।
मन्त्रालयहरूले आफैंले तयार गरेको माइलस्टोनमा निकै कमजोर प्रगति भएपछि प्रधानमन्त्री दाहालले बिहीबार सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गर्दै असन्तुष्टि पोखेका हुन्।

‘कार्य सम्पादनबाट सन्तोष लिने अवस्था छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘निर्धारित लक्ष्यअनुसार कार्यप्रगति भएको देखिएन।’ लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारणबारे गम्भीर समीक्षा गनुपर्ने प्रधामन्त्री दाहालले बताए।

आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसक्नु गम्भीर विषय भएको प्रधानमन्त्रीले बताए। ‘हाम्रा नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादाम्य नमिल्दा परिणाम आइरहेको छैन,’ दाहालले भने, ‘मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नुपर्छ।’

सरकारकै मूल्यांकनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २३ वटा मन्त्रालयकै प्रगति निकै कमजोर देखिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटअनुसार ६ महिनाका लागि सरकारले १ हजार ५२० माइलस्टोन तयार गरेको थियो। सो अवधिमा ५३३ वटा मात्र सम्पन्न भएका छन्।

सरकारले चालु आवका लागि सबै मन्त्रालयका लागि कुल तीन हजार २४० वटा माइलस्टोन निर्धारण गरेको थियो। आफैंले तयार गरको लक्ष्यमा मन्त्रालयहरू पुग्न नसकेपछि प्रधानमन्त्री दाहालले चिन्तित हुँदै पटकपटक निर्देशन दिए पनि प्रगति हुन सकेको छैन।
सरकारले बजेटसमेत खर्च गर्न सकेको छैन। चालु आवको साढे सात महिना अर्थात् यही फागुन १६ गतेसम्म पुँजीगत खर्च २३.३९ प्रतिशत र चालु खर्च ४७.९१ प्रतिशत छ। पुँजीगत खर्च नहुनु भनेको विकासका कामले गति नलिनु हो। पुँजीगत खर्च कमजोर हुनु र विकासका आयोजनाले गति नलिँदा प्रधामन्त्री चिन्तित छन्। मुलुकको अर्थतन्त्रको आन्तरिक सूचक कमजोर छ। राजस्व पनि लक्ष्यअनुसार संकलन हुन सकेको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयको रिपोर्ट कार्ड बनाउँदै आएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक मूल्यांकनमा सबैभन्दा कमजोर प्रगति हुनेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पहिलो स्थानमा छ।

मन्त्रालयले लिएका लक्ष्यका आधारमा सबैभन्दा राम्रो प्रगति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ। कमजोर प्रगति भएका मन्त्रालयमा दोस्रो स्थानमा सहरी विकास मन्त्रालय छ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालयको प्रगति लक्ष्यको २० प्रतिशतभन्दा तल छ।

प्रधानमन्त्री कार्यालयले रिपोर्टिङ गर्न निर्देशन दिए पनि कतिपय मन्त्रालयले अटेर गर्ने गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक मूल्यांकनमा सबैभन्दा कमजोर प्रगति देखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व मन्त्री रेखा शर्माले गरेकी छन्।
उनी नेकपा माओवादीकी नेत्री हुन्। सञ्चारको प्रगति वार्षिक लक्ष्यको ५.३८ प्रतिशत प्रगति भएको छ। यो मन्त्रालयले वार्षिक ९३ वटा माइलस्टोन तयार गरेकोमा ६ महिनाको अवधिमा ४९ वटाको लक्ष्य लिइएकोमा पाँचवटा मात्र सम्पन्न भएका छन्।

कमजोर प्रगतिमा सहरी विकास मन्त्रालय दोस्रो देखिएको छ। यस मन्त्रालयको नेतृत्व सीता गुरुङले गरेकी छन्। गुरुङ नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएकी हुन्। सहरीको प्रगति वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र अर्धवार्षिक लक्ष्यको १०.२० प्रतिशत छ। सहरीले वार्षिक ७५६ माइलस्टोन तयार गरेकोमा ६ महिनामा ३५४ पूरा गर्नुपर्नेमा ४२ वटा सम्पन्न गरेको छ।

कमजोर प्रगति हुनेमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तेस्रो स्थानमा छ। कानुनमन्त्री धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुन्। गुरुङले नेतृत्व गरेको मन्त्रालयको प्रगति वार्षिक लक्ष्यका आधारमा ५.८८ प्रतिशत मात्र छ। ५१ वटा माइलस्टोन राखेकोमा १९ वटा पूरा गर्ने लक्ष्यमा तीनवटा मात्र पूरा भएका छन्।

पुष्पकमल दाहालप्रधानमन्त्री
कार्य सम्पादनबाट सन्तोष लिने अवस्था  छैन। निर्धारित लक्ष्यअनुसार कार्य प्रगति भएको देखिएन। लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ।

पुष्पकमल दाहालप्रधानमन्त्री
खानेपानी मन्त्रालयको प्रगति ६.६० प्रतिशत मात्र छ। खानेपानी मन्त्री महिन्द्र राय यादव हुन्। खानेपानीले १०६ वटा माइलस्टोनको लक्ष्य लिएकोमा यो अवधिमा सातवटा मात्र सम्पन्न गरेको छ। मन्त्रालयमा पोछा लाएर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेतृत्वको मन्त्रालयको प्रगति ७.३५ प्रतिशतमा सीमित छ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ९.३५ प्रतिशत, परराष्ट्रको १२.५० प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइको १५.७३ प्रतिशत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको १६.०७ प्रतिशत, वन तथा वातारणको १७.१७ प्रतिशत, अर्थ मन्त्रालयको १८.८६ प्रतिशत मात्र प्रगति छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि माइलस्टोनका आधारमा जम्मा १९.३२ प्रतिशत मात्र प्रगति गरेको छ। त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्तिको २३.९१ प्रतिशत, गृहको २५.२९ प्रतिशत, युवा तथा खेलकुदको २२.५८ प्रतिशत, शिक्षा, विज्ञान तथा प्रविधिको २९.५८ प्रतिशत, श्रम, रोजगार तथा सामाजिक सुरक्षाको २६.७६ प्रतिशत, स्वास्थ्य तथा जनसंख्याको ३५.७५ प्रतिशत र संघीय मामिला तथा सामान्य प्रशासनको ४७.५४ प्रतिशत प्रगति छ। 
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५७ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस