संसद्को प्रतिपक्षी बेन्चमा कांग्रेस
२४ फागुन २०८०
•
२ मिनेट पाठ
संसद्को प्रतिपक्षी बेन्चमा कांग्रेस
प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नयाँ गठबन्धनका आधारमा सिट व्यवस्थापन गरिएको छ। संसद् सचिवालयले सम्बन्धित दलसँग जानकारी लिएपछि सिट व्यवस्थापन गरेको हो।




सिट व्यवस्थापन बमोजिम बिहीबार ११ बजे बोलाइएको बैठकमा सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, आम जनता पार्टीलाई राखिएको छ भने प्रमुख प्रतिपक्षदलमा कांग्रेस र प्रतिपक्षी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालाई राखिएको छ।

प्रतिनिधिसभाको बैठकमा शून्य समय र विषेश समयमा बोल्नका लागि समय दिने सभामुखको तयारी छ। तर, बैठक बस्नुअघि प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेपछि यसबारे निर्णय हुने संसद् सचिवालयले जनाएको छ। 

पुरानो गठबन्धन बमोजिमको सरकारका समयमा बनाइएको संसद्को तालिका भने प्रभावित भइरहेको छ। फागुनको १, २२, २३ र ३० गतेसम्म बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) का विषयमा छलफल गर्ने कार्यक्रम अवरुद्ध भएपछि अब अर्को तालिका बनाउनुपर्ने अवस्था आइपरेको छ।

प्रि–बजेटमाथि छलफल गर्ने विषय नहुँदा संसदको कार्यसूचीमा राखिने विषयमा पनि समस्या परेको छ। बिहीबारको बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आव २०७९-८० को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। कार्यसूचीमा राख्ने विषय नभएपछि बिहीबारपछि अर्को बैठक सात दिन पछि फागुन ३० गतेसम्म स्थगित हुने भएको स्रोतले बतायो।

यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट ) माथिको अवरुद्ध भएको छलफल पुनः सुरु गर्नका लागि सभामुखले सरकारको सल्लाह बमोजिम छलफल गर्ने दिन निर्धारण गर्ने तयारी गरेका छन्।

अर्थमन्त्रीमा वर्षमान पुनः नियुक्त भएकाले अब यसअघिका अर्थमन्त्री डा.महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने वा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने विषयमा भने सरकारको निर्णयमा भर पर्ने संसद् सचिवालयले जनाएको छ। नयाँ सिद्धान्त र प्राथमिकता पेस गर्ने भए संसदमा टेबुल भएको यसअघिको बेटको सिद्धान्त र प्राथमिकता फिर्ता लैजानुपर्ने हुन्छ।
अर्को समाचार
कांग्रेस–एमाले समीकरण तोड्ने दाहाल चाल
२५ असार २०८१
•
५ मिनेट पाठ
कांग्रेस–एमाले समीकरण तोड्ने दाहाल चाल
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। संघीय संसद्को आइतबारको बैठकमा एमाले प्रतिपक्षी बेन्चमा बसिसकेको छ। एमालेले आइतबार नै संसदीय दलको बैठकमार्फत प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्नुको कारण पनि खोजेको छ। संसद्मा धारणा राख्ने क्रममा एमालेका सांसदले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।




सदनमा एमालेका सांसदले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्दा माओवादी सांसदले संविधान पल्टाएर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएका थिए। एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमालेले दिएको विश्वासको मत फिर्ता लिइसक्दा पनि प्रधानमन्त्री दाहालले राजीनामा दिन आनाकानी गरेकोप्रति आपत्ति जनाए।  

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मतसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको कार्यसूचीमा राख्न अनुरोध गर्दै संसद् सचिवालयलाई पत्र पठाइसकेका छन्। यसको जानकारी सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा गराएका छन्। संविधानको धारा १०० (२) मा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वास मत लिनुपर्ने व्यवस्था छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ संविधानको धारा १०० (२) मा लेखिएको छ।

विश्वासको मत लिन लागेका प्रधानमन्त्री दाहालसँग उनको दल माओवादी केन्द्रका ३२ सांसद छन्। माओवादी प्रतिनिधिसभामा तेस्रो ठुलो दल हो। त्यस्तै सरकारमा रहेको प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१ सांसद छन्। सरकारमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १० सांसद छन्। नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइसकेको छ।

नेता जगन्नाथ खतिवडाले सरकार ढल्छ भन्ने थाह हुँदाहुँदै पनि आफ्नो दल नेकपा एसले विश्वासको मत दिन लागेको बताए। प्रधानमन्त्रीलाई राजीनामा बुझाउन भनेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा पत्र खल्तीमै बोकेर फर्केकाले रास्वपाले विश्वासको मत दिने देखिएको छ। तर उसले यसबारे निर्णय भने गरिसकेको छैन।

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएका जनमत पार्टी (६ सांसद) नागरिक उन्मुक्ति पार्टी (चार सांसद) ले पनि कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने संकेत गरिसकेका छन्। मधेसमा जनमत पार्टीका मुख्यमन्त्रीलाई कांग्रेस र एमालेले विश्वासको मत दिएका छन्। मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार छ। मधेस केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीले मुख्यमन्त्री सिंहलाई लाई विश्वासको मत दिएनन्। यसैकारण संघमा जनमत पार्टी कांग्रेस–एमाले गठबन्धनको पक्षमा उभिने छ। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेकाले सो दलको समर्थन पनि कांग्रेस–एमाले गठबन्धनलाई हुने बुझिएको छ। तर जनमत र नागरिक उन्मुक्ति पार्टीले यसबारेमा आधिकारिक निर्णय भने गरिसकेका छैनन्।

अहिलेको अवस्थामा माओवादी केन्द्र, रास्वपा र नेकपा एस प्रधानमन्त्री दाहालको पक्षमा देखिएका छन्। तीन दलसँग ५३ सांसद छन् र विश्वासको मत पाउन २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ सांसदको समर्थन चाहिन्छ। कुनै उथलपुथल नभएमा दाहालले विश्वासको मत नपाउने निश्चित छ। तर पनि उनले नयाँ सरकार गठन प्रक्रियालाई संविधानको धारा ७६ (३) मा प्रवेश गराउन विश्वासको मत लिन चाहेका हुन्। विश्वासको मत पाउन असफल भएपछि नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ (३) मा प्रवेश गराउन दाहालले ‘चलखेल’ गर्न खोजेको स्रोतको दाबी छ।

एमाले सचेतक बर्तौलाले संसविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने बताए। ‘अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्छ कि भनेर अनेक भ्रम छर्न खोजिएको छ, ती सबै चलखेल असफल हुन्छन्। सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुनेछ’, उनले भने। धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा २०७९ पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसयता उनले पटकपटक सत्ता समीकरण बदले पनि सरकार सोही धाराअन्तर्गत छ।

यस्तो अवस्थामा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउन सक्ने कुनै आधार नभएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमाले प्रमुख सचेतक बर्तौला बताउँछन्। उनले आइतबार एमाले संसदीय दलले गरेको निर्णय सुनाउँदै विश्वास गुमाएका प्रधानमन्त्रीले राजीनामा दिनुबाहेकको विकल्प नभएको बताए। ‘उहाँ अल्पमतमा परिसक्नुभएको छ, उहाँले विश्वासको मत लिनु आवश्यक छैन, लिएमा एमालेले विपक्षमा मतदान गर्छु,’ बर्तौलाले भने।

प्रतिनिधिसभामा कांग्रेस–एमालेका क्रमशः ८८ र ७८ सांसद छन्। दुई दलका सांसद जोड्दा १६६ हुन्छ। कांग्रेस–एमाले गठबन्धनलाई लोसपाका चार, जनता समाजवादी पार्टीका सात सांसदले समर्थन गर्ने निश्चितजस्तै छ। पाँच सांसद रहेको जसपा नेपालसमेत नयाँ गठबन्धनप्रति सकारात्मक रहेको छ। त्यस्तै १४ सांसद भएको राप्रपाले पनि संविधान संशोधनका विषयमा स्पष्ट भएर आएमा नयाँ गठबन्धनलाई समर्थन गर्ने संकेत गरेका कारण उसको पनि समर्थन थपिन सक्ने सम्भावना छ।

प्रधानमन्त्री दाहाल भने संविधानको धारा ७६ (२) अनुसार बनेको आफू नेतृत्वको सरकारले विश्वास मत नपाए उपधारा ३ अनुसार ठुलो दलको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बखेडा निकाले कांग्रेस–एमाले गठबन्धनलाई धकेल्न खोजिरहेको स्रोतको दाबी छ। सरकारमा सहभागीमध्ये एमाले र जनता समाजवादी पार्टी समर्थन फिर्तासहित बाहिरिसकेको अवस्थामा प्रधानमन्त्री दाहालले असार २८ गते के प्रयोजनका लागि कुरिहेका छन् भन्ने आशंका उत्पन्न भएको छ। यसभित्र दाहालको षड्यन्त्र लुकेको तर त्यो कामयावी नहुने स्रोतको दाबी छ। कांग्रेस र एमालेले भने अब पनि संविधानको धारा ७६ (२) अनुसार नै सरकार बन्ने स्पष्ट पारेका छन्। उनीहरूले दाहाल सरकारलाई कुनै पनि नियुक्ति, सरुवा, बढुवालगायतका काम नगर्न आग्रह गसिकेका छन्। तर सरकारले एमाले–कांग्रेसको आग्रहविपरीत नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि अन्तर्वार्ता लिएको छ। सरकारले दूरगामी महŒवका निर्णय गर्न दबाब दिए पनि कर्मचारी संयन्त्रले अस्वीकार गरिरहेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस