घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछुः श्रममन्त्री आर्याल
०५ चैत्र २०८०
•
१ मिनेट पाठ
घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछुः श्रममन्त्री आर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन्।




सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको उनले बताए। उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरे। उनले आफू्ले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए। मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘निर्देशन दिनभुन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ। सकिन्छ भनेर नै निर्देशन दिइएको हो। १५ दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ। टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौं बस्दाखेरी ५ दिन काठमाडौं बस्नुभयो भने ५० हजार लाग्छ म २० हजार दिए बनाइदिन्छु भन्ने। बीचमा दलालहरुले खेलेको भन्नेकुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो। त्यसमा अध्ययन गरिरहेका छाँै। अर्को श्रमीक काठमाडौं बाहिरबाट आएर धेरै दिन काठमाडौं बसेर विदेश जानुपर्दा उहाँहरुलाई झनै दुःख हुन्छ। समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ। हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो। आउने शुक्रवारबाट हामी एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रियामा जानसक्छौँ। एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने बनाउँछु।’
अर्को समाचार
कमाउन कुवेत पुगेका तीन युवा उतै अस्ताए
०३ चैत्र २०८०
•
४ मिनेट पाठ
कमाउन कुवेत पुगेका तीन युवा उतै अस्ताए
वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयौं परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिएको छ। पैसा कमाएर परिवारको जीवन सुखमय बनाउने सपना बोकेर कुवेत पुगेका तीन युवाले गत मंगलबार विदेशी भूमिमै ज्यान गुमाएका छन्।




गत सोमबार एउटै विस्तरामा रात बिताएका उनीहरूको कुवेतस्थित महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा कुवेत पुगी अकालमा मृत्यु हुनेमा सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर हुन्।

परिवारको खुसी खोज्न कुवेत हिँडेका मृतक परिवार अहिले दुःखको भुमरीमा अल्झिरहेका छन्। ती सबै परिवारको व्यथा उस्तै छ। परिवारको खुसीका निम्ति सन्तान विदेश जान्छन्। बाँचेर फर्के त ठिकै हो, काठको बाकसमा फर्के भने जिन्दगीभरि परिवारलाई खट्कोबाहेक केही हुँदैन।

धनुषाका २६ वर्षीय धिरज गुर्मछान मगर कमाउन भनेर कुवेत पुगेका थिए। सुखी परिवारमा पाँच सन्तानमध्ये चौथो सन्तानका रूपमा जन्मिएका धिरज चार बहिनीका एकै भाइ थिए। गत मंगलबार एकाएक धिरज बितेको खबर आएपछि परिवारको आधार सकिएको छ। परिवारले उनी बितेको खबर अझै पत्याउन सकेको छैन। कुवेतमा धिरजको मृत्यु भएको खबर उसकै साथीमार्फत गत मंगलबार राति १० बजे आएको परिवारको भनाइ छ।

गुर्मछान मगर परिवारका एउटै छोरालाई वैदेशिक रोजगारले चुँडेको छ। धिरजको मृत्युपछि उनका बाबुआमाको जिन्दगीमा अन्धकार छाएको छ। धिरजकी आमा अझै अचेत छिन्। कुवेती बसाइ दुई वर्ष पुगिसकेका धिरज फर्कन महिना दिन पनि बाँकी नरहेको उनका पिता बलबहादुरले सुनाए।

‘मेरो सन्तानमा चार छोरीको एकै भाइ धिरज हो,’ धिरजका पिताले भने, ‘के आइपर्‍यो यस्तो। वज्रपात नै भयो। धिरजकी आमा मुर्छा परेकी छिन्। दुवई पुगेकी कान्छी छोरी पनि यो खबरले हिजो राति मात्रै घर आएकी छिन्। चारै छोरी जम्मा भएर आमालाई सम्हाल्दै छन्।’

उनले थपे, ‘छोरासँग हरेक दिन फेसबुकमा अनुहार हेर्दै बोल्थ्यौं। आइतबार मात्रै उसको आमा र मसँग कुरा भएको थियो। अप्रिलमै घर आउँछु भनेको धिरजले भान्जाभान्जीलगायत सबैलाई कपडा पनि किनिदिएको भिडियो कलबाट देखाउँथ्यो। छोरा बितेको खबर कसरी पत्याउनु। अपत्यारिलो छ। अझै उसको अनुहार आँखाभरि झलझली आइरहेको छ।’

१० कक्षासम्म अध्ययनरत धिरजले कुवेत जानुअघि पहिले साउदी अरेबियामा पनि केही वर्ष बिताएका थिए। साउदी अरेबियामा राम्रो कमाइ नभएकाले पछि कुवेत प्रस्थान गरेका धिरजका बाबु बलबहादुरले सुनाए। मृतक धिरज कुवेतमा पिज्जा बनाउने काम गर्थे। मृतक धिरजको परिवार अहिले शोकमा डुबिरहेको छ।

कुवेतमा धिरजसँगै एकै दिन, एउटै स्थानमा एक चिहान भएका सुजन र सुरतका परिवारमा पनि बज्रपात परेको छ। परिवारको आर्थिक भार व्यवस्थित गर्न धिरजजस्तै काठमाडौंस्थित सानो भर्‍याङका २३ वर्षीय सुजन कार्कीको पनि कुवेतमा वर्ष दिन नपुग्दै गत मंगलबार मृत्यु भएको छ। आमा लालनपालन गर्ने र भाइलाई पढाउने भनेर बिदेसिएका कार्की परिवारको जेठो छोरा सुजनलाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिँदा ज्यान गएको छ।

स्वदेशमा भएको ऋण चुक्ता गर्न र परिवारलाई पाल्न उनी बिदेसिएका थिए। परिवारको हेरचाह गर्ने जिम्मा लिएर १२ कक्षापछि बिदेसिएका सुजनको परिवार अहिले अर्धचेत अवस्थामा रहेको छ। आफ्नो छोरोको शव नेपाल नआएसम्म कसरी विश्वास गर्ने हो र? भन्दै सुजनकी आमा जानुकाले बताइन्।

‘मृत्युको खबर आएको दुई दिनअघिसम्म आमाछोरा कुरा गर्दै थियौं,’ उनले भनिन्, ‘साथीकोमा गएको खबर त हामीलाई थाहै छैन। एक्कासि सडक दुर्घटनामा परेर सुजनको मृत्यु भयो रे भन्दै सामाजिक सञ्जालले फैलायो। अनुहार केही देखिएको छैन। कसरी पत्याउनु? यो मन त्यसै अतालिएको छ। सास रोकिएला झैं हुन्छ।’

छोराको शव आउँदो आइतबार वा सोमबार आउने खबर श्रम मन्त्रालयले दिएको सूचना उद्धृत गर्दै उनले सुनाइन्।

आमाको काखमा कहिल्यै नफर्किने गरेर उत्तै अस्ताएको खबरले बिचल्ली त बनाएको सुजनकी आमा जानुका सुनाउँछिन्। त्यस्तै धिरज, सुजन जस्तै सुरतबहादुर कडायतको मृत्युले पनि उनको परिवार अहिले पीडामा छन्। ती तीनै जना नेपालीको गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएको हो।

कुवेती महाबुल्लास्थित साथी भेट्न सुरतको कोठामा हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राति पुगेका थिए। त्यो रात नै उनीहरूको अन्तिम रात भयो। मंगरबार बिहान आफ्नो कोठा फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएकै भरमा उनीहरूको ज्यान गएको कुवेतस्थित नेपाली राजदूतावासले जानकार दिएका छन्।

कुवेतस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर गिरीप्रसाद आचार्यका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनीहरूको शव नेपाल ल्याउने तयारीमा रहेको हो।

‘कुवेत पुगेका मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए,’ उनले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोस्टमार्टमपछि शवहरू नेपाल पठाइने छ।’

बाटो क्रस गर्ने क्रममा गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको सूचना नेपाली दूतावासले दिएको छ।

मृतक सुरतका भाइ झम्कले भेटे श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका अछामका सुरतबहादुर कडायतका परिवारसँग भेट गरेका छन्। भेटमा सुरतका भाइ झम्कबहादुर कडायतले शव घरसम्म ल्याइपुर्‍याउने व्यवस्था गरिदिन तथा गन्तव्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रूपमा व्यवस्था गरिदिन आग्रह गरेका छन्।

मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए। साथै मृतक श्रमिकको परिवारले पाउने सेवासुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। सुरतको मंगलबार कुवेतमा कार दुर्घटना परी मृत्यु भएको थियो।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस