१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारबाट फिर्ता हुन अध्यक्ष रञ्जिताको निर्देशन, दुई सदस्यद्वारा निर्णय नमान्ने घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको लफडाले गर्दा सुदूरपश्चिम सरकारमा हलचल जारी छ। यी दुई जना श्रीमान्–श्रीमती हुन।

दुई जनाबीचको विवादले गर्दा सरकारमा जाने नजाने विषय निकै पेचिलो बन्दै गएको छ। नेता चौधरी नयाँ गठबन्धनको सरकारमा आफ्ना नेतालाई मन्त्री बनाउन पहल गरिरहेका छन् भने अध्यक्ष रञ्जिता कुनैपनि हालतमा सरकारमा जान नहुने अडानमा छिन्।

यी दुई बिचको विवादले उग्र रूप लिएपछि यसका सांसदहरू बिलखबन्दमा परेका छन्। एउटाले सरकारमा जानुपर्छ भन्ने अर्को हुँदैन भन्ने क्रम आजका दिनसम्म पनि जारी छ।

नेता चौधरी विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष रञ्जिताले उनको विपक्षीमा निर्णय गर्ने क्रम जारी राखेकी छिन्।  

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न शुक्रवार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी छिन्।

१४ चैतमा टीकापुरमा बसेको नाउपा बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै रञ्जिताले पत्रमा लेखेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ।’ उनले सरकारबाट नबाहिरिए कारबाही गर्ने चेतावनीको भाषामा लिखित निर्देशन दिएकी हुन।

उनको अध्यक्षमा १४ गते बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको भएता पनि त्यसको अर्को दिन १५ गतेनै दुई जना मन्त्रीले पदभार सम्हालेका थिए। लक्ष्मणकिशोर चौधरीले सामाजिक विकासमन्त्री र खुसीराम चौधरीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको पदभार ग्रहण गरेका थिए।

यता शुक्रवारै  नाउपाका दुई जना केन्द्रीय संस्थापक सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले १४ गते टिकापुरमा बसेको संस्थापक सदस्यहरूले गरेको निर्णयप्रति आफूहरूको समर्थन नभएको घोषणा गरेका छन्।

 

प्रकाशित: १६ चैत्र २०८० १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App