१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछाने रास्वपा दलबलसहित इलाममा

वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दलबलसहित इलाम पुगेको छ। आफ्नो पार्टीबाट मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गर्द उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसहितको दलबल इलाम पुगेको हो।

रास्वपाले बिहीबार मात्रै लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यसअघि नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव रहेका लिम्बु पहिचानवादी आन्दोलनकेन्द्रीत अभिव्यक्ति दिँदैआएका व्यक्ति हुन्। लिम्बु रास्वपा सभापति लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत रहँदाका सहकर्मी समेत हुन्।

उनै लिम्बुलाई उम्मेदवार बनाएपछि रास्वपाले इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछ।

उक्त कार्यक्रमका लागि सभापति लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेता इलाम पुगेका छन्।

कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने रास्वपाले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८० ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App