जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?
१९ चैत्र २०८०
•
३ मिनेट पाठ
जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?
केन्द्रमा भएको सहमति विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सिङ्गो राजनीति तरङ्गित बनेको छ। शर्माले मंगलबार चौथो पटक विश्वासको मत लिने निर्णय गरेका छन्।




केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको शीर्ष नेतृत्वको दाबी छ। तर, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’सहितले कर्णाली आफूहरूको ‘आधार इलाका’ भन्दै कुनै पनि हालतमा एमालेलाई नेतृत्व दिन नसकिने बताउँदै आएका छन्।

केन्द्रमा गठबन्धन टुटेसँगै फागुन २२ गते नेपाली कांग्रेसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले मंगलबार विश्वासको मत लिने समय संसद्मा मागेका छन्।

आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा निवेदन दर्ता गराएका मुख्यमन्त्री शर्मा मत माग्दै सुरुमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई भेट्न उनको घर कालागाउँ पुगेका थिए। मुख्यमन्त्री शर्माले कँडेलबाट सकारात्मक प्रतिक्रिया पाएनन्।

‘केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने हो, त्यसका लागि मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्दथ्यो,’ एमालेका एक नेताले भने, ‘उल्टै मलाई विश्वासको मत देऊ भन्दा कहाँबाट कुरा मिल्छ ?’
केन्द्रमा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन बनेर संयुक्त सरकार सञ्चालन भइरहेको छ। माओवादी केन्द्रले नेतृत्व गरेका अन्य प्रदेशहरूमा पनि एमाले सत्ता पक्ष बनिसकेको छ। कर्णाली प्रदेशसभामा भने एमाले प्रतिपक्षीको बेन्चैमै छ।

प्रदेश संरचनाको पहिलो कार्यकालमा आधा सांसद हुँदाहुँदै पनि सरकारको नेतृत्व गर्न नपाएको एमाले यसपटक फेरिएको गठबन्धनसँगै सुरुको नेतृत्व गर्न चाहन्छ। एमालेको चाहनामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल सहमत भइसकेका छन्।

एमाले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट केन्द्रमा भएको सहमति कर्णालीमा कार्यान्वयन हुने बताउँछन्। ‘शीर्ष नेतृत्वबिच एमाले नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ, सोही अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउँछ,’ उनले भने, ‘त्यसमा दायाँबायाँ हुने सम्भावना छैन।’

प्रमुख सचेतक टेकराज पछाई मुख्यमन्त्री शर्माले विश्वासको मत लिनु अघिसम्म आफूहरू केन्द्रमा भएको सहमति कार्यान्वयन हुने अपेक्षामा रहेको बताउँछन्। ‘त्यति बेलासम्म पनि केन्द्रमा भएको सहमति अनुसारको निर्णय नआए दलको बैठक बसेर निकास दिन्छौँ,’ उनले भने, ‘अहिलेसम्म केन्द्रमा भएको सहमति कार्यान्वयन हुनेमा आशावादी छौँ।’

एमालेबाट विश्वासको मत नपाउने अवस्था आएपछि मुख्यमन्त्री शर्माले गृह जिल्ला सुर्खेत आएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग भेटेर विश्वासको मत दिने वातावरण बनाइदिन आग्रह गरेका थिए। लगत्तै उनले कांग्रेस संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पनि विश्वासको मत दिन आग्रह गरे।
कांग्रेसले पनि विश्वासको मत दिने विषयमा सकारात्मक जवाफ नदिएको बुझिन्छ। ‘भर्खरै केन्द्रमा गठबन्धन बदलिएको छ, कर्णालीमा कांग्रेसले समर्थन गरेमा अन्य प्रदेशमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने अवस्था छैन,’ कांग्रेसका एक नेताले भने, ‘शीर्ष तहमा कुनै किसिमको सहमति नभई कर्णालीमा छुट्टै कांग्रेसले माओवादीलाई समर्थन गर्न सक्ने अवस्था रहँदैन।’

माओवादी केन्द्रका एक सांसदका अनुसार सकभर सत्ता साझेदार दल एमालेकै समर्थनमा आफ्नो नेतृत्वलाई निरन्तरता दिने, त्यो हुन नसके प्रमुख प्रतिपक्षी दल कांग्रेसको समर्थन माग्ने त्यो पनि हुन नसके अन्तिम समयमा राजीनामा दिने मुडमा मुख्यमन्त्री शर्मा छन्।

‘सकभर उहाँ (मुख्यमन्त्री) केन्द्रमा भनेको समीकरण अनुसारनै एमालेले समर्थन गरोस् भन्ने चाहनुहुन्छ, एमालेले समर्थन नदिने अवस्था आए कांग्रेसको मत प्राप्त गरेर पनि सरकारको नेतृत्व आफै गर्न चाहनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘दुबैबाट समर्थन नपाउने अवस्था आएपछि अन्तिम अवस्थामा राजीनामा दिने सोच पनि उहाँले बनाउनु भएको छ।’

४० सदस्यीय कर्णाली प्रदेशसभाको ठुलो दल कांग्रेस हो। ऊसँग १५ जना सांसद छन्। दोस्रो ठुलो दल माओवादी केन्द्रका प्रदेशसभामा १३ जना सांसद छन् भने एमालेका १० जना सांसद छन्। यस्तै एकीकृत समाजवादी र राप्रपाका कर्णाली प्रदेशसभामा एक–एक जना सांसद छन्। 
अर्को समाचार
संसदमा सम्बोधन गरेर मुख्यमन्त्री शर्माले राजीनामा दिने
२१ चैत्र २०८०
•
१ मिनेट पाठ
संसदमा सम्बोधन गरेर मुख्यमन्त्री शर्माले राजीनामा दिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने भएका छन्।




बुधबार तीन बजेपछि बस्ने संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शर्माले राजीनामा दिने तयारी गरेको माओवादीका एक सांसदले जानकारी दिए।

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले राजीनामा दिने वा विश्वासको मत लिने विषयमा निर्णय गर्ने जिम्मा दलका नेता एवम् मुख्यमन्त्री शर्मालाई दिएको थियो।

लगत्तै माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, एमाले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, माओवादी केन्द्रका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल छलफलमा जुटेका थिए। 

माओवादी कर्णाली प्रदेश इन्चार्ज मल्लले केन्द्रको निर्देशन अनुसार राजीनामा दिन मुख्यमन्त्री शर्मालाई सुझाएका थिए। शर्माले अन्तिम समयसम्म पहिले आफूले विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनामा दिने बताउँदै आएका थिए।

मुख्यमन्त्री शर्माले राजीनामा दिए लगत्तै बुधबार नै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्तारूढ गठबन्धन माओवादी केन्द्रसँग १३, एमालेसँग १० र एकीकृत समाजवादीसँग १ सांसद छन्। यस्तै कांग्रेससँग १५ र राप्रपासँग एक सांसद छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस