‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
२१ चैत्र २०८०
•
६ मिनेट पाठ
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ। राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने,त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो। विसं २०६२/६३ का परिवर्तनकारी प्रमुख शक्ति नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच मूलभूत कानुन निर्माणमा न्यूनतम सहमति हुनुपथ्र्यो। त्यो नहुँदाको परिणाम कानुन निर्माणले आशातीत गति प्राप्त गर्न सकेन्। प्रमुख शक्तिबीच सरकार निर्माणमा होइन,कानुन निर्माणमा भने साझा सहमति र गठबन्धन अझै जरुरी देख्छु।

नेपाल पछिल्लो समय मिश्रित निर्वाचन प्रणालीमार्फत संसदीय प्रणालीलाई परिस्कृत गरी अघि बढिरहेको छ। यो निर्वाचन प्रणालीमा कसैको स्पष्ट बहुमत नआउने कुरा अभ्यासले देखाई सकेको छ। चुनावमा गठबन्धन गरिँदा संवैधानिक अड्चनकोे खतरा हुन्छ भन्ने लाग्छ। त्यसैले निर्वाचनअघि गठबन्धन गर्नुहुन्न भन्ने मेरो स्पष्ट मान्यता छ। निर्वाचन अगाडिको गठबन्धनले समानुपातिक समावेशी सिद्धान्त र महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको बाध्यकारी व्यवस्थामा संवैधानिक सङ्कट ल्याउने देखिन्छ। यो विषय राजनीतिक दलको आन्तरिक जीवनमा निरन्तर उठ्दै आएको छ। राजनीतिक निर्णय र कानुन निर्माणका समयमा यस्ता विषयमा दूरदृष्टि पुर्याउनुपर्छ। हाम्रा अभ्यास पनि असल दिशातर्फ उन्मुुख हुनुपर्छ। सङ्घीय संसद्ले गत डेढ वर्षमा कानुन निर्माणमा खासै प्रगति गर्न सकेन्। यस बीचमा नागरिकता र मिटरब्याज पीडितसम्बन्धी केही कानुनमात्र निर्माण गरियो। संसद्को हिउँदे अधिवेशनमा विधेयक र वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम तथा बजेटसम्बन्धी विषयमा केन्द्रित भएर छलफल गरिँदै आएको छ।

मुलुक उच्चकोटीको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ। पछिल्ला दुई आमनिर्वाचन सकिँदा नसकिँदै हामीले अवलम्बन गरेको समानुपातिक निर्वाचन प्रणालीबारे विभिन्न कोणबाट टीकाटिप्पणी भएको सुनिएको छ। सबै जातजाति र समुदायलाई समेट्ने निर्वाचन प्रणाली यहीँ हो जस्तो लाग्छ। हुनतः समानुपातिक प्रतिनिधित्व राष्ट्रियसभाबाट पनि गराउन सकिन्छ। राष्ट्रिय बहसको मुद्दा भएकाले यस्ता विषय साझा सहमतिका आधारमा छिनोफानो गर्नुपर्छ।

उदाहरणका लागि दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको उदयपछि अश्वेत समुदायको बर्चश्वको अवस्थामा पनि सहमतिको सरकार र कानुन निर्माणमा साझा अभ्यासबाट छोटो समयमै प्राप्त नतिजालाई लिन सकिन्छ। कानुन तर्जुमाको मुलभूत जिम्मेवारी पूरा भएपछि अर्को निर्वाचनदेखि बहुमतीय सरकार गठन गर्ने त्यहाँ भएको सहमतिले सङ्क्रमणलाई छोट्याएर दक्षिण अफ्रिका आर्थिक प्रगति र समृद्धिको बाटोतर्फ उन्मुख भयो। जुन घटनाले मण्डेललाई नोबल शान्ति पुरस्कार दिलायो। नेपालमा पनि त्यसको अनुशरण गर्दै प्रमुख शक्तिबीच शान्ति सम्झौताको आधारमा सङ्घीयता कार्यान्वयनसम्बन्धी सम्पूर्ण कानुन नबनेसम्म सहमतिको सरकार गठन हुनुपथ्र्यो। त्यसमा केही कमजोरी भयो भन्ने लाग्छ।

निर्वाचनमा जसले धेरै सिट जित्छ उसलाई प्रधानमन्त्री, बाँकी अरुलाई क्रमशः सभामुख, राष्ट्रियसभा अध्यक्ष र अरु महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरी मुलभूत कानुन निर्माण नभएसम्म मिलेर गइदिएको भए देश राजनीतिक अस्थिरताको भुमरीमा पर्दैन थियो। नेपालको समाज र परिवेशले निर्वाचित सांसदप्रति जनताका केही चासो,गुनासा र माग हुन्छन्। निर्वाचनका बेला उनीहरूसँग गरेको कबुल र उठाइएका सबै मुद्दा सम्बोधन गर्न सकिने अवस्था छैन। तर पनि पहलकदमी गर्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यो अभ्यास अन्त्यका लागि सङ्घीय सांसद कानुन निर्माणमा सीमित हुनुपर्छ भने प्रदेश र स्थानीय तह विकास निर्माणको काममा लाग्नुुपर्छ। त्यसरी अघि बढ्न सके सांसदले फाइल बोकेर मन्त्रालय र विभाग धाउने अवस्थाको अन्त्य हुन्छ।  

अर्कोतर्फ सदनमा कोरमसम्बन्धी खासै समस्या नभए पनि संसदीय समितिमा भने त्यो प्रखर रूपमा देखिन्छ। विषयगत समितिका बैठकमा अनलाइनबाट पनि सहभागी हुने व्यवस्था भएको खण्डमा त्यो समस्या हल हुन्छ। कोरम पुर्याउन सजिलो हुन्छ। बिहान १० बजे बोलाइएको २८ सदस्यीय संसदीय समितिमा १४ जना उपस्थित भए कोरम पुग्नेमा दिउँसो १२ बजेसम्म पनि न्यूनतम आवश्यक सङ्ख्या पुग्दैन। यो एउटा गम्भीर समस्याका रूपमा रहेको छ।

व्यक्तिगत रूपमा मलाई भ्रष्टाचार कहाँ, कसरी हुन्छ भन्ने जानकारी छैन । हाल अभ्यासमा रहेको निर्वाचन प्रणालीले पनि केही मलजल गरेको हो कि भन्ने लागेको छ। सदनमा एकजना माननीयले अघिल्लो निर्वाचनमा एक करोड खर्च गरेकामा अहिले पाँच करोड खर्च गर्नुपर्यो भने,त्यो वास्तविक नै थियो भन्ने लाग्छ। हो,निर्वाचन निकै महँगो भयो। कार्यकर्ताको खाना र चुनावको बेला गाडीघोडा प्रयोग हुने खर्च निकै ठूलो छ। अमेरिकाको राष्ट्रपतिदेखि अन्य सबै निर्वाचनमा ठूलो रकम खर्च भएको देखिन्छ,जुन रकम व्यक्ति स्वयं एवं कार्यकर्ता र शुभेच्छुकबाट चन्दामार्फत प्राप्त हुँदो रहेछ। त्यहाँ सांसदमध्येबाट मन्त्री बनाइनुपर्छ भन्ने बाध्यता छैन। यहाँ चुनाव जितेपछि मन्त्री हुने र खर्च भएको पैसा असुल्ने धन्दाले पनि निर्वाचनमा खर्चको होडबाजी नै चल्न थालेको भान हुन्छ। सांसद मध्येबाट मन्त्री हुने प्रावधान हटाएमा पैसाको चलखेल कम हुन्छ भन्ने लाग्छ।  

पछिल्ला दिनमा राजनीतिले स्थिरता नपाउँदा नेताहरूप्रति जनताको विश्वासमा क्षयीकरण भएको छ। विदेशमा मेहनती, विश्वासिलो र अनुशासित व्यक्तिको पहिचान नेपालीले प्राप्त गरेका छन्। युवा विद्यार्थीको विदेश पलायन रोक्न मुलुकमा औद्योगिकीकरण र उच्च शिक्षा यहीँ दिलाउन व्यवस्था गरिएको खण्डमा विदेश जानेको सङ्ख्या घटाउन सकिन्छ भन्ने लाग्छ। ‘वर्किङ भिसा’मा विदेश जाने नेपालीले पैसा पठाएर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। देशमा रोजगार नभएको अवस्थामा विदेश नगएर के गर्ने त १ नेपालमा गर्न सक्ने भनेको कृषि र पर्यटन हो । कृषिमा लगानी धेरै,प्रतिफल थोरै छ। दुःखअनुसारको नाफा छैन। अहिले गाउँमा पनि खानपिन र रहनसहनमा सहरको हावा परेको छ। मेहनतको पाटो कमजोर छ,जसरी भए पनि विदेश जाने र पैसा कमाउने भन्ने सोच जबर्जस्ती रूपमा अघि बढिरहेको छ। खाडीबाहेकका अरु देशमा गएका मध्ये ठूलो सङ्ख्या स्वदेश फर्कने देखिन्न। यो मुलुकका लागि दुर्भाग्यको कुरा हो। देश विकास होस् वा जनतालाई खुसी बनाउन सबैभन्दा ठूलो भौतिक संरचना तयार हुनुपर्छ। उद्योगधन्दा खोलिनुपर्छ। त्यसबाट जनताले रोजगारी पाउँछन्। त्यो नभएसम्म विकास र समृद्धि सम्भव छैन। मुलुकमा सडक,सुरुङ र विमानस्थलजस्ता पूर्वाधार निर्माणले रोजगारी दिने र आफ्ना उत्पादन खपत हुने अवस्था रहन्छ।

आर्थिक अवस्था चलायमान गर्न राज्यले भौतिक संरचनामा प्रशस्त लगानी गर्नुपर्छ। त्यसो भएमा समृद्धि प्राप्त हुन्छ। उदाहरणका लागि,उत्तर र दक्षिणका छिमेकी मुलुकलाई हेर्न सकिन्छ। विकासका लागि दूरदृष्टिसहितको योजना र रणनीति चाहिन्छ। देशको ठूलो हिस्सा कृषिले ओगटेकाले यस क्षेत्रको विकासमा नै हाम्रो सम्पूर्ण सामथ्र्य प्रयोग हुनुपर्छ।

सांसद भट्टचनको परिचय

ललितपुर जिल्ला गोदावारी–३ टौखेलका स्थायी बासिन्दा सांसद देवीप्रकाश भट्टचन  २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आदिवासी जनजाति समूहबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् ।

विसं २०४३ मा तत्कालीन युवक सङ्गठन धवलागिरि अञ्चल सहसंयोजक भई राजनीतिमा प्रवेश गरेका उनी २०४८ सालको आमनिर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार भने। विसं २०७९ मा स्थानीय तह निर्वाचनमा बागलुङ जिल्ला विकास समिति सदस्यमा निर्विरोध भएका भट्टचनको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा नाम समावेश भएको थियो।

नारायण न्यौपाने-रासस
अर्को समाचार
मिल्लान् त कांग्रेस–एमाले ?
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
मिल्लान् त कांग्रेस–एमाले ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार सत्ता साझेदार दलहरूकै कारण अप्ठेरोमा परेको छ। दुई महिनाअघि नयाँ समीकरण बनाएका दाहाल सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाटै अप्ठेरोमा परेका हुन्।

सत्तामै रहेका दलहरूले दाहालको विकल्पमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफल अघि बढाइरहेका बेला उपप्रधान तथा स्वास्थ्यमन्त्रीसहित सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित हुन पुगेको छ।

जसपा नेपाल विभाजनसँगै तत्काल नेकपा एसका अध्यक्ष नेपालको नेतृत्वमा नयाँ सरकार गठनको सम्भावना न्यून हुन पुगेको छ। तत्काल नेपाल नेतृत्वमा नयाँ सरकारको सम्भावना न्यून रहे पनि दलहरूले दाहाल नेतृत्वको बदलामा नयाँ सरकार बनाउन अन्य विकल्पमा छलफल अघि बढाएका छन्।  

२०७९ मंसिरमा भएको निर्वाचनमा तालमेल गरेका दलहरू फेरि एक ठाउँमा उभिने गरी माओवादी केन्द्र, नेपाली कांग्रेससहितका नेताहरू छलफलमा जुटेका छन्। नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्रीमा अघि सारेर पुरानो गठबन्धन फर्काउने गरी माओवादीका केही नेताले कांग्रेस सहितका दलसँग छलफल गरिरहेको स्रोतको दाबी छ।

तर दाहाललाई अहिले नै विश्वास गर्न सकिने अवस्था नरहेको कांग्रेसका एक नेताको दाबी छ। नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्ने विषयमा पनि कुरा भइरहेको जानकारी दिँदै ती नेताले भने, ‘नयाँ सरकार गठनका विभिन्न विकल्पमा छलफल चलिरहेको छ।’

माओवादीका केही नेताले सत्ता साझेदार एमालेसँग काम गर्न समस्या भएको बताउँदै आएको कांग्रेस नेताहरूको दाबी छ। अहिले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीचको टकरावले पनि समस्या आएको माओवादी नेताहरूको विश्लेषण छ।

अर्को सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका छन्। सहकारी ठगीका विषयमा कांग्रेसले संसदीय छानिबिन समिति गठनको माग गर्दै आएको छ।

कांग्रेसले मागअनुसार समिति गठन नभए संघीय संसद्को बजेट अधिवेशनअन्तर्गतका बैठक सञ्चालन हुन नदिने बताउँदै आएको छ। कांग्रेस मागअनुसार संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली अहिले सकारात्मक देखिएका छन्। संघीय संसद्को अधिवेशन सुरु भएलगत्तै प्रमुख विपक्षी कांग्रेसको मागअनुसार सहकारी ठगीमा संसदीय छाबिन समिति गठन गर्ने एमाले र माओवादीको तयारी छ।

प्रधानमन्त्री दाहालले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने संकेत दिइसकेका छन्। कांग्रेस मागअनुसार संसदीय समिति गठन भए रास्वपाले सरकार छाड्ने भनेको छ। संसदीय छानबिन समिति गठन भएमा र संघीय प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपा पुरानै अडानमा कायमै रहे दाहाल नेतृत्व सरकार बजेट आउनुभन्दा अघि नै अप्ठेरोमा पर्ने स्रोतको दाबी छ।

दाहाल नेतृत्वको सरकारको विषयलाई लिएर जसपा विभाजन प्रक्रियामा गइसकेको छ। नेपाल नेतृत्वको नेकपा एसमा पनि अहिलेको गठबन्धनप्रति एकमत छैन। त्यहाँभित्रको विवाद बढ्दै जाँदा नेकपा एस नै विभाजित हुनसक्ने विश्लेषण हुन थालेको छ।

सत्ता खिचातानी बढ्दै गएका बेला कांग्रेस र एमालेका नेताहरू भने दुई ठूला पार्टी मिलेर सरकार बनाउने कसरतमा जुटेका छन्। कांग्रेस नेता शेखर कोइरालाले एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन्। उनले एमाले अध्यक्ष ओलीसँग यस विषयमा पटकपटक छलफल पनि गरेका छन्।

निर्वाचन प्रणालीसहित संविधानका केही अन्य विषय संशोधन गर्नेगरी एमाले महासचिव शेखर पोखरेल, विष्णु रिमाललगायत र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतका नेताहरू संवादमा रहेको स्रोतको दाबी छ। कांग्रेस एक नेताले भने, ‘दाहाल नेतृत्वको सरकारले बजेट ल्याए पनि पारित हुन मुस्किल देखिन्छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ।’

संविधान संशोधनसहितका विषयलाई अघि बढाउने गरी सरकार बनाउन दुई दलबीच सघन छलफल भइरहेको छ। एमाले नेकपा एसका अध्यक्ष नेपाललाई सरकारको नेतृत्वमा पुग्नबाट जसरी पनि रोक्नु पर्छ भन्नेमा छ।

ओलीले संसद्को रोस्ट्रमबाटै कांग्रेस सभापति देउवालाई संवादका लागि आग्रह गरेको सम्रण गर्दै माओवादीका एक नेताले भने, ‘अहिले सरकारमा नेकपा एसलाई सहभागी गराएकोमा ओलीलाई चित्त बुझेको छैन। सत्ता गठबन्धनमै रहेका नेताहरूलाई एकअर्काप्रति विश्वास र भरोसा छैन।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस