नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले नमिलेसम्म नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास सम्भव नरहेको बताएका छन्।
आज मोरङ उद्योग व्यापार संघ को ६७ औं साधारण सभालाई सम्बोधन गर्दै नेता डा. कोइरालाले यस्तो बताएका हुन्।
उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन नगरी राजनीतिक स्थिरता नहुने पष्ट पारे। निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि कांग्रेस र एमाले नमिली दुई तिहाइ बहुमत नपुग्ने बताए।
डा. कोइरालाले भने ‘राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले मिल्नु पर्छ। निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। कांग्रेस र एमाले नमिली राजनीतिक स्थिरता र आर्थिक विकास सम्भव छैन।’
एउटै व्यक्ती उद्योग, सहकारी, बैंक, बिमा र अब त पूर्नविमाको पनि सञ्चालक भएपछि नेपालमा वित्तीय अराजकता मच्चिनुका साथै सिन्डिकेट समेत लागिरहेको डा. कोइरालाको भनाइ थियो।
उनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन पनि राष्ट्र बैङ्कले नै गर्नुपर्ने धारणा राखे। कोइरालाले ठूला सहकारीको नियमन गर्ने विषयमा राष्ट्र बैंक भाग्न नपाउने जिकिर गरे।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आर्थिक मुद्दालाई राजनीतिक दलहरूले प्राथमिकता दिएनन् भन्ने उद्योगी व्यवसायीहरूको आरोपको खण्डन गरे। २०४६ को राजनीतिक परिवर्तन पछि नै मुलुकले आर्थिक फड्को मारेको उनकाे दाबी थियाे।
रिजालले भने ‘२०४६ को राजनीतिक परिवर्तन पछि नै मुलुकले आर्थिक रुपमा फड्को मारेको हाे। त्यतिबेला कांग्रेसको नेतृत्वको सरकारले नै आर्थिक सुधारका कार्यक्रम ल्याएको हो।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यावसायिक कन्फिडेन्ट गुमेका कारण बैङ्कको ब्याजदर घट्दा पनि पर्याप्त मात्रामा कर्जा जान नसकेको उल्लेख गरे।
ढकालले व्यवसायीक कन्फिडेन्ट बढाउने खालका नीति तथा कार्यक्रम ल्याएर सरकारले लगानीकर्ताहरूलाई विश्वास दिलाउन सकेको खण्डमा मात्रै नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनसक्ने स्पष्ट पारे।
ढकालले १२ वटा कानुन तत्कालै संशोधन भए मात्रै आगामी लगानी सम्मेलन फलदायी हुनसक्ने धारणा राखे। नेपालमा केही पनि हुँदैन भन्ने आम धारणा बनेका कारण मानिसहरु आत्तिएर विदेश गइरहेको ढकालले सुनाए।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थतन्त्र लयमा फर्किएको सरकारले दाबी गरिरहे पनि उद्योगी व्यवसायीलाई अर्थतन्त्र लयमा फर्केको अनुभूति हुन नसकेको धारणा राखे।
नेपालको राजनीतिक अस्थिरता र कमजोर आर्थिक नीतिका कारण श्रम पलायन, बौद्धिक पलायन र अब, उद्योगी व्यवसायी पलायन हुने अवस्था सृजना भइरहेको रिजालले बताए। कार्यक्रममा मोरङ उद्योग व्यपार संघले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान पनि गरेको थियो।