ग्वार्को फ्लाइओभरको काम जेठ मसान्तसम्म नसके अनसन बस्ने स्थानीयको चेतावनी
२३ चैत्र २०८०
•
१ मिनेट पाठ
ग्वार्को फ्लाइओभरको काम जेठ मसान्तसम्म नसके अनसन बस्ने स्थानीयको चेतावनी
ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्।




शुक्रवार ललतिपुरको ग्वार्कोमा निर्माणधिन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए। फ्लाइओभरको निरीक्षण र स्थानीयहरुलाई साथ दिन पुग्नुभएका वागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए। उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए।

उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे। जेठ मसान्तसम्म सक्ने प्रतिवद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभ्र निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए।  

उनले भने, ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो। यो नभइ नहुने परियोजना हो। यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभरकै ट्राफिक प्रणालीमा असर पारेको छ। स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन्। तीन सिफ्टमै काम गरेर र एक्शन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिवद्धता गर्नुभएको छ, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ। असारको पहिलो हप्तास्म्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यो अुनसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ। चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।  
अर्को समाचार
दुई वर्षमा पनि पूरा भएन ग्वार्को फ्लाइओभर
२१ चैत्र २०८०
•
३ मिनेट पाठ
दुई वर्षमा पनि पूरा भएन ग्वार्को फ्लाइओभर
ललितपुरस्थित निर्माणाधीन ग्वार्को फ्लाइओभर निर्माणको काम ६० प्रतिशत सकिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौताका साथ सुरु गरिएको फ्लाइओभरको काम सुस्त देखिएको छ।  




आयोजना निर्माणको समयसीमा गत २०८० फागुन १२ मा सकिइसकेको छ तर फ्लाइओभरको काम अझै ४० प्रतिशत बाँकी छ। सम्झौताबमोजिमको समयसीमा गुजारिसकेको निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव समेत गरिसकेको छ। चालु आर्थिक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कम्पनीले काम गरिरहेको छ।

निर्माण कम्पनीलाई म्याद थपका लागि सडक विभागले अनुमति दिएको छैन। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले गत फागुन १२ गते निर्माण कम्पनीले पाएको दुई वर्षको समयसीमा सकिइसकेको बताए। उनका अनुसार, फ्लाइओभर निर्माणका लागि कम्पनीले सबै सामान ‘फिल्ड’ मा ल्याइसकेको छ।  

‘सबै सामग्री फिल्डमा ल्याइसकेकाले पुलमुनि पायलिङ र ड्रेसिङलगायतका काम बाँकी छन्’, महर्जनले भने, ‘पुलको दायाँ–बायाँ रिटेनिङ वाल लगाउने काम सम्पन्न भइसकेकोे छ।’ ग्वार्को फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष÷समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको हो।

ग्वार्को फ्लाइओभर चार लेनमा बनाउने गरी उसले लागत अनुमानभन्दा ३८ प्रतिशत कम मूल्यमा (१७ करोड ३७ लाख रूपैयाँ) बराबरमा ठेक्का पाएको थियो। ठेक्का पाएपछि निर्माण कार्य सुरु गरेको निर्माण कम्पनीले कुल लागतको १० प्रतिशत ‘मोबिलाइजेसन’ रकमबापत एक करोड ६ लाख रूपैयाँ प्राप्त गरिसकेको छ।

म्याद थपको निर्णय नभएकाले निर्माण कम्पनीले बाँकी भुक्तानी भने पाउन सकेको छैन। त्यस्तै, ‘फ्लाइओभर’ को डिजाइन परिवर्तन गरेर निर्माण अघि बढाइएको हो। यसअघि पायलिङ पिलरको संख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो।

नयाँ डिजायन अनुसार, पाइलिङ पिलरको संख्या दुवैतिर १२-१२ वटा कायम गरिएको छ। त्यसै गरी प्रत्येक पायलिङ पिलरको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ। फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ ¥याम्प निर्माण गरिने छ। 

मुख्य संरचनाको डिजाइनमा भने कुनै पनि परिवर्तन नगरिएको उनले बताए। ‘फ्लाइओभर’ बनाउन भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको छ। ग्वार्को ‘फ्लाइओभर’ अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण भइरहेको छ।

जसअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजायन र निर्माण गर्नुपर्छ। ग्वार्को चोकमा निर्माणधीन सो फ्लाइओभर कुल ४५५ मिटर लम्बाइ र ६ मिटर उचाइको हुनेछ। फ्लाइओभर निर्माण सम्पन्न भए काठमाडौं उपत्यकाको ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ। चक्रपथ विस्तार आयोजनाको विस्तारित खण्डमा निर्माण भइरहेको उक्त फ्लाइओभर बनेपछि कोटेश्वर र कलंकीमा हुने जाम कम हुने आयोजना पक्षले जनाएको छ।

सातदोबाटो–एकान्तकुना फ्लाइओभर अर्को वर्ष

आगामी आर्थिक वर्ष २०८१-०८२ मा सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माण सुरु हुने सडक विभागले जनाएको छ। यस वर्ष उक्त फ्लाइओभर निर्माणका लागि पुँजीगत स्रोतको सुनिश्चितता नभएकाले अघि बढाउन नसकिएको महर्जनले बताए। ‘यो वर्ष सातदोबाटो–एकान्तकुनामा फ्लाइओभरको स्रोत सुनिश्चितता नभएकाले ठेक्का लगाउन सकिएन’, उनले भने, ‘अर्को वर्ष स्रोत सुनिश्चित भएपछि ठेक्का निर्माण प्रक्रिया अघि बढ्छ।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस