‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’
२५ चैत्र २०८०
•
२ मिनेट पाठ
‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’
पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन जुम्ला पुगेका पूर्वराजा शाहले नागरिक खानकै लागि काम खोज्न भौंतारिरहेको देख्दा मनभरि पीडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन्।

लामो समय जुम्लाको सुन्दरताको बखान गरेका पूर्वराजा शाहले अब राष्ट्रको पुरानो गौरव फर्काउन एक हुन अपिल गरे। आफ्नै पाखुराको बलमा अघि बढ्नुपर्ने समय आइसकेको स्मरण गराउँदै शाहले यातायातको विकटता र हावापानीको जटिलता भएका क्षेत्रमा रहेको स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

‘रोजगारीका लागि जन्मे हुर्केको थातथलो छोडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यता छ। अर्काको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ पूर्वराजा शाहले भने, ‘यो हिजो होइन। हामी बदलिरहेका छौं। परिवर्तन पीडादायी भए पनि सुखद हुने निश्चित छ। सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं।’ उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे।

पूर्वराजा शाहले भने, ‘पहिले राष्ट्रिय सोच बनाऔं। मार्ग सुधार गरौं। नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं, यही नै देशका लागि भलाइ हुनेछ।’

समिट एयरको विमानमा जुम्ला पुगेका पूर्वराजालाई जुम्लावासीले नागरिक अभिनन्दन गरेका छन्। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकले विमानस्थल पुगेर स्वागत गरेका थिए।

जुम्ला विमानस्थलमा ‘राजा आऊ देश बचाऊ,’ ‘सिंहदरबार खाली गर, हाम्रो राजा आउँदै छ’, ‘राजा सबैका साझा’लगायत नारा लगाइएको थियो। चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरिसकेपछि पूर्वराजा शाहले जिल्ला प्रशासन कार्यालयअगाडि बनाइएको मञ्चबाट सम्बोधन गरेका थिए। पूर्वराजाको मन्तव्य सुन्न र हेर्नका लागि हजारौं जुम्लीवासी सदरमुकाम खलंगा आइपुगेका थिए।
अर्को समाचार
अज्ञानता र छलमा सर्वसाधारण बहकिए: पूर्वराजा ज्ञानेन्द्र
१४ माघ २०८०
•
२ मिनेट पाठ
अज्ञानता र छलमा सर्वसाधारण बहकिए: पूर्वराजा ज्ञानेन्द्र
पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन्। पछिल्लो वीरगञ्ज यात्रामा नागरिक अभिनन्दन कार्यक्रममा उनले अभिनन्दन ग्रहण मात्र गरेनन्, देश बनाउन र देश बचाउन आफूमाथि निरन्तर आह्वान गरिएको घोषणा पनि गरे।

उनले २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने घटनामा राजनीतिक जालझेल गरी सर्वसाधारणमा भ्रमको बादल बनाइएको गुनासो गरेका छन्। घटनामा प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलमा सर्वसाधारण बहकिरहेको बताउँदै उनले आफूलाई गलत रूपमा बुझ्नु अन्यायपूर्ण मात्र नभई दुर्भाग्यपूर्ण भएको बताएका छन्।

२०६५ जेठ २९ गते पुख्र्यौली दरबार परित्याग गर्दा आफू देशमै बसेर मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पु¥याउन चाहेको स्मरण गराउँदै आफूले स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने कामना गर्दै सजिलै पद त्याग गरेको बताएका छन्।
गद्दी त्यागेको १५ वर्ष बितिसक्दा पनि सर्वसाधारणमा असन्तोष, चिन्ता, आक्रोश नघटेको असन्तोष प्रकट गर्नुका साथै उनले चिरकालपर्यन्त देश सुरक्षित रहोस् भन्ने कामना गर्दै श्रीपेच सुम्पिएको बताएका छन्।

उनले अझै देशको सर्वाङ्गीण उन्नतिको कामना गरिरहेको बताउँदै देशको मौलिकता, अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलमा लगी सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुनेमा आफ्नो अडान कायमै रहेको बताएका छन्।

राज्यव्यवस्था, देशको राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरवस्थाको मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटो लाग्नुमै कल्याण हुने उनको टिप्पणी छ।
उनले देश छाडेर परदेश बनाउने बेला गइसकेको र आफ्नै क्षमताले देश बनाउदा नै प्रतिष्ठा बढ्ने बताएका छन्। उनले भने, ‘हामी भूगोल र भू–बनोटमा बाँडिने होइन, हामी जातजाति, धर्म–संस्कृतिमा खण्डित हुने होइन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाइ यसैमा छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस