कांग्रेस क्रियाशील सदस्यलाई प्रशिक्षण
२७ चैत्र २०८०
•
१ मिनेट पाठ
कांग्रेस क्रियाशील सदस्यलाई प्रशिक्षण
नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। कांग्रेसका क्रियाशील सदस्यहरूलाई कांग्रेस जिल्ला प्रशिक्षण शाखाले प्रशिक्षण दिन थालेको हो। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा सबै स्थानीय तहका सबै वडामा पुगेर प्रशिक्षण दिने कार्यक्रम राखेर नेता तथा कार्यकर्ता गाउँगाउँमा परिचालन भएको प्रशिक्षण शाखाका प्रमुख दीपककुमार घिमिरेले जानकारी दिए।




झन्डै एक महिना अगाडि विजेताहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर ४२ जना प्रशिक्षकहरू तयार पारि नेपाली कांग्रेस प्रशिक्षण विभागले गाँउगाउँमा प्रशिक्षण दिन खटाएको नेपाली कांग्रेसले जनाएको छ। ‘जिल्लाका ७९ वडाकै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिन ४२ प्रशिक्षक तयार पारी गाउँगाउँमा खटिएका छौं,’ प्रशिक्षण शाखा प्रमुख घिमिरेले भने, फिक्कल, मरिण, गोलन्जोर र हरिहरपुरगढी गाउँपालिकाका क्रियाशील सदस्यलाई प्रशिक्षण दिएका छौ।

बाँकी पालिकामा छिट्टै जाने योजना छ। जागरुक क्रियाशील सदस्य, नेपाली कांग्रेसको सुदृढ भविष्य भन्ने नारासहित प्रशिक्षण विभागले प्रशिक्षण दिएको हो। प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, काग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको घिमिरेले जानकारी दिए।

कांग्रेस जिल्ला उपसभापति प्रमुख रहनेगरी कांग्रेसले जिल्ला प्रशिक्षण शाखा बनाएको छ। जिल्लामा कांग्रेसका झन्डै ९ हजार क्रियाशील सदस्य रहेकोमा हालसम्म १७ सय बढीलाई प्रशिक्षण दिइसकिएको कांग्रेसले जनाएको छ। 
अर्को समाचार
कांग्रेस नयाँ ढङगले अघि बढ्छ:महामन्त्री शर्मा
२७ भदौ २०८०
•
१ मिनेट पाठ
कांग्रेस नयाँ ढङगले अघि बढ्छ:महामन्त्री शर्मा
फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन्।




जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवाद स् अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए।

‘कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो। कांग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ। रूपान्तरित हुँदैछ। अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ’, उनले भने।

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए।

उनले भने, ‘अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन्।’जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गरेका थिए। कार्यक्रमा झन्डै आठ सय नेता तथा कांग्रेसका शुभेच्छुकको सहभागिता थियो। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस