पोखरा- मन्त्रिपरिषदको पाँचौ बैठकले प्रदेशसभामा चारवटा विधेयकहरु टेबुल पेश गर्ने निर्णय गरेतापनि सोमबार बसेको नवौँ प्रदेशसभा बैठकमा उक्त विधेयकहरु पेश हुन सकेनन्। प्रदेशसभाको सातौँ बैठकले पारित गरेको प्रदेशसभा नियमावली, २०७४ बमोजिम समय नपुगेका कारण मन्त्रिपरिषदले प्रदेशसभामा पेश गर्न स्विकृती दिएका विधेयकहरु प्रदेशसभा बैठकमा पेश नभएका हुन्।
उक्त नियमावलीको नियम ९९ अनुसार सरकारी विधेयक प्रदेशसभा बैठकमा पेश गर्नुअगाडि ५ दिनको सूचना दिनुपर्ने व्यवस्था छ । तर मन्त्रिपरिषदको बैठकले टेबुल गर्नको लागि स्विकृती दिएका विधेयकहरुको समय नपुगेका कारण सोमबारको नवौँ प्रदेशसभा बैठक ५ मिनेट मा नै सकिएको हो।
यसअघि चैत २ गते बसेको मन्त्रिपरिषदको पाँचौ बैठकले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी विधेयक, सभामुख, उपसभामुख तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक र सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धि विधेयक प्रदेशसभा बैठकमा पेश गर्न स्विकृती दिएको थियो।
यी विधेयकहरु सबै आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको हो ।‘नियम निलम्बन गरेर संसदमा पेश गर्न त सकिन्थ्यो,’ प्रदेशसभा सदस्य विकास लम्सालले भने, ‘तर सुरुवाती चरणमा नै लगातार यस्तो नजीर राख्दा नकारात्मक सन्देश जाने हुनाले अर्को बैठकमा पेश गरिने भएको हो।’
संसदमा विधेयकहरु पेश नभएपछि सोमबारको बैठकमा आर्थिक कार्यविधी विधेयक मात्र छलफलका लागि प्रस्तुत गरिएको छ । उक्त विधेयक नियम नै निलम्बन गरेर अघिल्लो संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको थियो । संसदमा टेबुल भएको विधेयक भने अघिल्लो बैठकमा नै गठित पाँच सदस्यीय विधायन समितिलाई संशोधन सहित सुझावको लागि जिम्मा दिएको थियो ।
सोमबारको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य मोहन प्रसाद रेग्मीले विधेयकलाई संशोधनको प्रस्ताव सहित प्रतिवेदन प्रस्तुत गरेका हुन्।
समितिले विधेयकको प्रस्ताव खण्डको बाञ्छनीय भएकोले भन्ने वाक्यांश पछाडि अन्य वाक्यांश अर्थात, नेपालको संविधानको धारा ५९, ६० र २१३ बमोजिम प्रदेश नं. ४ प्रदेशसभाले नियम बनाएको छ भन्ने वाक्यांशलाई हटाएर संविधान बमोजिम प्रदेशसभा प्रदेश नं. ४ को पहिलो अधिवेशनबाट प्रदेशसभाले यो ऐन बनाएको छ भन्ने वाक्यांश राख्न सुझाव दिएको छ।
यस्तै, दफा ६३ को पछाडि नयाँ दफा थपी त्यसमा कार्यविधि र निर्देशिका बनाउने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने व्यवस्था राख्न सुझाएको छ । विधायन समितिले विधेयक उपर संशोधन गर्न पेश गरेको प्रतिवेदनमा उक्ता दफा (६३) मा कार्यविधि र निर्देशिका बनाउने अधिकार यो ऐनको उद्धेश्य कार्यान्वयनको लागि प्रदेश सरकारले आवश्यक कार्यविधी र निर्देशिका बनाउन सक्नेछ भन्ने प्रावधान राख्नुपर्ने सुझाव दिएको हो।
समितिका ज्येष्ठ सदस्य मोहन प्रसाद रेग्मको संयोजकत्वमा फागुन २७ गते र चैत ५ गते गरि सभामुख, उपसभामुख सहितको उपस्थितीमा गरि दुईपटक समितिको बैठक बसेको थियो।
‘हामीले बैठक बसेर सर्वसहमतिको आधारमा संशोधन गर्नुपर्ने नियमहरु उपर सुझाव पेश गरेका हौँ’ रेग्मीले भने, ‘यसको लागि सबै संसदीय दलको सुझाव लिएका हौँ।’
यो कार्यविधी अनुसार नै प्रदेश सञ्चित कोष, बजेट तर्जुमा, निकासा तथा खर्च, लेखा राख्ने प्रतिवेदन गर्ने, अन्तरिम लेखा परीक्षण गर्ने गराउने, अन्तिम लेखापरीक्षण गराउने, बेरुजु, फछ्र्यौट गर्ने कार्यहरु सञ्चालन हुनेछन्। समितिले पेश गरेको विधेयक उपर चैत ६ गते बस्ने बैठकमा थप छलफल हुनेछ।