१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता खनालबीच कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता खनालले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन्।

दुई जनाबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा दुबैजनाबीच छलफल केन्द्रित रहेको पनि सचिवालयले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८१ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App