१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसमा एक लाख २० हजार सदस्य थपिए

नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्।

सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए। साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म  काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ। महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्।

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए। रासस

प्रकाशित: ४ वैशाख २०८१ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App