१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनमतको अवरोधपछि मधेस प्रदेशसभाको बैठक स्थगित

मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ।  प्रदेशसभाको बैठकमा जनमत पार्टीका सांसदले अवरुद्ध गरेका थिए।  

जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्। 

सप्तरीमा कृषि विश्वविद्यालय शिलान्यासको क्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादवमाथि भएको कुटपिट विषयमा छानबिन समिति बनाउन माग गरेको थियो। समिति नबनाएको भन्दै जनमतले बैठक अवरुद्ध गरेको हो। 

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका आज बोलाएका थिए।

प्रकाशित: ४ वैशाख २०८१ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App