१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताएका छन्।  

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।

उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे। उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए। उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे। उनले सरकारको पुनःगठन भइ रहने बताए। 

उनले भने, ‘राजनीतिक दलहरु अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिष्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ। अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। मैले जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरुको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो। यहाँहरुले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन। हुनतः अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि। डेढ वर्ष पनि भएको छैन। १५ महिना भित्र लिएँ। तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ। अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ। मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो। दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली काँग्रेसलाई दिउँ भन्ने थियो। मानिसहरुले अस्थिरताको आरोप पनि लगाए। तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो । तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ । सरकारको पुनःगठन भइ नै राख्छ।’

प्रकाशित: ४ वैशाख २०८१ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App