१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन्। मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नेपालमा सिंगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ। त्यसमा तपाईंहरुले कुनै तनाव लिनुपर्ने आवश्यकता छैन।’ प्रधानमन्त्री दाहालले भने।

उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको सुनाए।

‘सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक छैन्। मन्त्रीमण्डल पुनः गठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न हुँदैन। सरकार कन्टिन्यु हुन्छ, केही हुन्छ की भन्ने दिमागबाट हटाउँदा हुन्छ।’ उनले भने।

सरकारले उद्योगी, व्यवसायीहरुको सुझावलाई गम्भीरताका साथ लिएको उनको भनाइ थियो। 

प्रकाशित: ४ वैशाख २०८१ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App