१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेश प्रदेश: माओवादीबाट दुई, एकीकृत समाजवादीबाट एक मन्त्री थपिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन्।

लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र जनमत पार्टीले लोसपा सरकार छाडेपछि मुख्यमन्त्री यादवले आफू मातहतमा राखेको दुई मन्त्रालय मध्ये एक माओवादी र एक एकीकृत समाजवादीलाई दिने भएका हुन्।

तीनै जनालाई मन्त्रीमा नियुक्त गरि आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। माओवादीबाट संसदीय दलका नेता भरत प्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेचि लुङ्गेली मन्त्री बन्न लागेका हुन्।

स्रोतका अनुसार वन तथा वातावरण मन्त्रालयलाई माओवादीलाई र श्रम तथा यातायातमा नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ। माओवादीका अर्का एकलाई भने जिम्मेवारी पछि दिने गरि विना विभागीय मन्त्री बनाउन लागेको हो।

सरकारबाट माओवादी केन्द्रका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाउने स्रोत बताउँछ। 

मुख्यमन्त्री यादवले वैशाख ४ गते प्रदेश सभाबाट चौथो पटक विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

प्रकाशित: ६ वैशाख २०८१ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App