२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन: प्रभु साह

फाइल।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाए। नेपालको दलतन्त्रको शासन प्रणाली परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो।

‘दलीय शासन प्रणाली नेपालका लागि राम्रो हुँदैन। देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ। हाम्रो आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्छ भन्नका लागि हो।’ उनले भने।

अध्यक्ष साह अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गरे। उनले जनतालाई दबाउने, जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन नसक्ने उल्लेख गरे।

उनले बेइमानी राजनीतिलाई इमानदार बनाउने काममा आफू लागेको बताउँदै मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्नेमा जोड दिए।

साथै उनले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिए।

प्रकाशित: १५ वैशाख २०८१ १७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App