३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम–२ मा सुहाङले लिए अग्रता, रास्वपा चौथो स्थानमै

इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्। 

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन्।

फाकफोकथुम गाउँपालिका १, २, ३ र ४ को मत गणना सकिँदा सुहाङले खड्कालाई उछिनेका हुन्।

सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App