५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयमा भारतले भन्योः वास्तविकता बदलिँदैन

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया दिएका छन्।

शनिवार भारतको भुवनेश्वर पुगेका विदेशमन्त्री जयशंकरले पत्रकारहरूको अन्तरक्रियामा भने, ‘मैले पनि त्यसबारेमा सुनेको छु। तर, यस विषयमा हामी र हाम्रो परिस्थिति स्पष्ट छ। नेपालसँग हाम्रो सीमानाका विषयमा छलफल भइरहेको छ। यस अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिनुले वास्तविकतामा कुनै परिवर्तन हुँदैछ।’

भारतीय पक्षको यस्तो प्रतिक्रियाले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयलाई भारतले अस्वीकार गर्ने संकेत गरेको छ।  

गत बिहीवार मन्त्रिपरिषद्को बैठकले चार वर्षअघि संविधानको अनुुसूची संशोधनमार्फत नेपाली नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको चुच्चे नक्सालाई सयको नोटमा राख्ने निर्णय गरेको थियो।

भारतको उपस्थिति रहेको उक्त क्षेत्रलाई आफ्नो नक्सामा पार्ने नेपालको निर्णयप्रति त्यतिबेलै असहमति जनाएको भारतले नोटमा उक्त फोटो राख्ने निर्णयप्रति प्रारम्भिक रूपमै उच्च तहबाट विरोध जनाएको हो।

प्रकाशित: २३ वैशाख २०८१ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App