६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्दा कांग्रेसको नाराबाजी

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गर्दा कांग्रेसले नाराबाजी गरेको छ। 

विश्वासको मत पाएको घोषणा गरिरहँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले विरोध गरे। कांग्रेस सांसदहरु विरोध गर्दै सभामुखको लबीमा प्रवेश गर्न खोज्दा मर्यादा पालकहरूले रोकेका थिए।

मर्यादा पालकहरूले रोकेपछि कांग्रेस सांसदहरूले घोषणाविरुद्ध विरोध गर्दै नाराबाजीमा उत्रिए। तर सभामुख धिताल त्यतिमा रोकिएनन् र हतारहतार विश्वासको मत पाएको घोषणा गर्दै प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको घोषणा गरे।

सर्वोच्च अदालतले बाटो खोलिदिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत मागेका हुन्। जहाँ ३० सदस्यले उनलाई विश्वासको मत दिए। सभामुखले सोही संख्यालाई बहुमत मानेर विश्वासको मत पाएको घोषणा गरे। सर्वोच्चले ६० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ५९ सदस्यीय हुने र त्यसमा ३० नै बहुमत समर्थित देखिन्छ भनेर गरेको व्याख्यालाई नै आधार बनाएर सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरे।

प्रकाशित: २३ वैशाख २०८१ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App