६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी फुटेको विषयमा छलफल गर्न जसपा मधेश प्रदेशको संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ। केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ८ बजे बस्ने छ। जसपा नेपालका प्रदेश सांसद रामअशिष यादवले आजको बैठकमा पार्टी फुटेको र प्रदेश सभा सञ्चालनको विषयमा छलफल हुने बताए।

केन्द्रमा जस्तै मधेशमा पनि कुन सांसद कता लाग्ने भन्ने पनि आँकलन हुन थालेको छ। मधेश प्रदेश सभामा जसपाका १९ सांसद छन्। २०७९ को निर्वाचनमा मधेशमा प्रत्यक्ष निर्वाचित र समानुपतिकसहित १६ सांसद थिए। तर, स्वतन्त्रलाई पार्टी प्रवेश गराएर १९ सांसद पु¥याइएको हो।

मधेश प्रदेशसभाका सदस्यमध्ये विभाजित पार्टीमा को–को जान्छन् र जसपामा को–को रहन्छन् भन्ने खुलेको छैन।

प्रतिनिधि सभाका १२ सांसदमध्ये ७ जना सांसद लिएर नेता अशोक राई समूहले छुट्टै पार्टी  गठन गरेपछि मधेशमा तरङ्ग उत्पन्न भएको हो।

प्रकाशित: २४ वैशाख २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App