६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।

 बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।

आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।

प्रकाशित: २५ वैशाख २०८१ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App