६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियताको विषयलाई सस्तो नबनाऔँः रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन्।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन्।

उनले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे।

आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरुसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको उनकाे जिकिर थियाे।

साथै उनले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश दश वर्षमा धनि बन्ने दाबी गरे।

प्रकाशित: २५ वैशाख २०८१ १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App