६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।  

मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका हुन्। उनले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।

उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए। उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए।संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए।  

प्रकाशित: २५ वैशाख २०८१ १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App