६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरु भयो सुहाङको संसदीय यात्रा

सभामुख घिमिरेले गराए शपथ

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ्ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच सभामुख देवराज घिमिरेले नेम्बाङलाई शपथ गराएका हुन्। शपथ कार्यक्रममा उपसभामुख, कानूनमन्त्रीलगायतको पनि उपस्थिति थियो।

गत वैशाख १५ गते भएको निर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गर्दै उनी सांसद बनेका हुन्। उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मतले पाखा लगाए।

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख स्व सुवास नेम्बाङका छोरा सुहाङले शुक्रबार सुरु हुने प्रतिनिधि सभाको बजेट अधिवेशनबाटै संसदीय यात्रा सुरु गर्नेछन्।  

प्रकाशित: २६ वैशाख २०८१ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App