७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन्।

बुधबार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको उनकाे भनाइ थियाे।

महामन्त्री थापाले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको उल्लेख गरे। नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन्। चलचित्रले समाजमा रहेको विकृति र विसङ्गतिको बारेमा आवाज उठाएको उनको भनाइ थियो।

चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सीमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेकोमा उनले जोड दिइन्। 

प्रकाशित: २६ वैशाख २०८१ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App