७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

बुधबार राती संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्राप्त सांसदको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष  कार्कीले नेकपा एमाले ३९ र माओवादीका  १३ सांसदसको समर्थनमा मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गरेका थिए। कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको प्रदेश प्रमुख खापुङले हस्ताक्षर  सनाखत गरेका थिए।

तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने जनाइएको छ। कार्की यसअघि संविधानको धारा १६८ को उपधारा २ र ३ अनुसार मुख्यमन्त्री नियुक्त भइसकेका छन्।  

यसैबीच मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०८१ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App