७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ। नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले नेकपा एमालेबाट एक र माओवादी केन्द्रबाट एक जना मन्त्री नियुक्तिको तयारी गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार मन्त्रीहरूको नाम भने टुंगो लाग्ने क्रममा छ। आज दिउँसो ४ बजे  मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीहरूलाई पनि शपथ ग्रहण गराउने तयारी रहेको प्रमुख सचेतक भण्डारीले बताए।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा बिहीबार नियुक्त गरेका थिए।

प्रकाशित: २७ वैशाख २०८१ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App