पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिन गर्न माग गरेका छन्।
आइतबार पूर्व मन्त्री किरातीले आफूमाथि छानबिन गर्न माग गर्दै मन्त्री हितमान तामाङलाई पत्र बुझाएका हुन्।
पशुपतिमा विद्युतीय उपकरणद्वारा नि: शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको र अहिले सोही विषयलाई लिएर सञ्चारमाध्यममा आरोपसहित भ्रामक समाचार आएकोले उनले छानबिन गर्न माग गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पूर्वमन्त्री सुदन किरातीका प्रति खनिएका छन्।
हर्क एयरपोर्टको विषय झिकेर सुदनका प्रति खनिएका हुन्। 'धरानमा एयरपोर्ट बनाउन असहयोग गर्ने पूर्वमन्त्री सुदन किरातीबाट धरानेले के आशा गर्नु ?,' हर्कले फेसबूकमा लेखेका छन्।
उनले निकै सम्झाएको, बुझाएको तर, 'एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन' भनेर पन्छिएको हर्कले उल्लेख गरेका छन्। 'निकै सम्झाएँ, बुझाएँ तर, टेम्पो चलाउनु जस्तो सजिलो छैन एयरपोर्ट बनाउनु भनेर तमाम टेम्पो चालकलाई समेत अपमान गर्ने पुँजीपति नेता,' उनले लेखेका छन्।
हर्कले धरानमा एयरपोर्ट बनाउने भनेर सुदन पर्यटनमन्त्री हुँदा लबिइङ गरेका थिए। तर, एयरपोर्ट बन्न सकेन। यसपछि हर्क सुदनका प्रति खनिँदै आएका छन्।
सुदन अहिले धरानमै छन्। उनी अगुवा कार्यकर्ता भेटघाट गर्दैछन्। यहीबेला हर्क उनीप्रति खनिएका हुन्। उनले सुदनलाई जनता झुक्काउन आएको आरोपितसमेत गरेका छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...